• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खडक नगरपालिका वडास्तरीय फुटबलको उपाधी वडा नम्बर ४ लाई

खडक नगरपालिका वडास्तरीय फुटबलको उपाधी वडा नम्बर ४ लाई
न्यूज टुडे
राजविराज, १६ माघ । 
सताैन स्मृति ट्रष्टद्वारा सप्तरीको खडक नगरपालिका ३ मा संचालित खडक नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताकाे उपाधी कर्मेनेश्वर युवा क्लब खडक ४ ले हात पारेकाे छ । बनरभुल्लास्थित कमलेश्वरी झाेलाई मावि बनरझुल्लाकाे खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जनकल्याण युवा क्लब खडक २ लाई  शुन्यका बिरुद्ध एक गाेलान्तरले पराजित गर्दै  ४ नम्बर वडाले उपाधी हात पारेकाे हाे । 
दोस्रो पुरस्कार ग्रहण गर्दै उपविजेता २ नम्बर वडाका खेलाडीहरु । फोटो : न्यूज टुडे
पहिलाे हाफको १८ ओैं मिनेटमा खडक ४ का सुनिलकुमार चाैधरीले गाेल गरी टीमलाई अग्रता दिलाएका थिए । उपाधीसँगै खडक ४ ले नगद रु. ४१ हजार र शिल्ड हात पारेकाे छ भने उपबिजेता खडक २ ले नगद रु. ३१ हजार र कपमा चित बुझाएको आयाेजक समितिका सन्ताेष पासवानले जानकारी दिए ।
सताैन स्मृति ट्रष्टका अध्यक्ष सुर्यनारायण चाैधरीकाे अध्यक्षतामा आयाेजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य आनन्द झा, खडक नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष देवनारायण चाैधरी, समाजसेवी विरेन्द्र चाैधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टीम लिडर बिनाेदानन्द चाैधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 
माघ २ गतेदेखि सञ्चालित प्रतियोगितामा खडक नगरपालिकाकाे ११ वटै वडा तथा आयाेजक गरी १२ वटा टीमकाे सहभागिता रहेकाे थियोे ।