जनता सम्मजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समन्वय समिति गठन गरिएको छ । सप्तरीको कंचनपुरमा शुक्रबार आयोजित क्षेत्रीय अगुवा कार्यकर्ता भेलाले केन्द्रीय सदस्य शम्भु कुमार झाको संयोजकत्वमा तथा क्षेत्रीय अध्यक्ष हेमन्त बहडखेरको सह-संयोजकत्वमा १५ सदस्यीय क्षेत्रीय निर्वाचन समन्वय समिति गठन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सरदार । फोटो : न्यूज टुडे
क्षेत्रीय अध्यक्ष हेमन्त कुमार बहडखेर यादवको अध्यक्षतामा आयोजित भेलाले निर्वाचनलाई व्यवस्थित गर्न विभिन्न उपसचिव समेत गठन गरिएको छ ।
सुर्यमान तामाङको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार समिति, श्यामदेव यादवको संयोजकत्वमा ९ सदस्यीय संगठन सुदृढीकरण तथा विस्तार समिति,रामेश्वर कौडगिया यादवको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति, राज कुमार यादवको संयोजकत्वमा ५ सदस्यीय आचारसंहितामा व्यवस्थापन समिति, कल्पना कुमारी चौधरीको संयोजकत्वमा १२ सदस्यीय महिला परिचालन समिति, महेश्वर मण्डलको संयोजकत्वमा २० सदस्यीय युवा विद्यार्थी परिचालन समिति गठन गरेको प्रचारप्रसार समिति संयोजक सुर्यमान तामाङले जानकारी दिए ।
भेलालाई जसपा केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामसुन्दर सरदार, केन्द्रीय उप महासचिव कुमरकान्त झा, केन्द्रीय सदस्य भरत प्रसाद मेहता, जिल्ला अध्यक्ष केदार प्रसाद यादवले सम्बोधन गर्दै जसपा नेपाल सप्तरीको ४ वटै क्षेत्रका उम्मेदवारको विजयी सुनिश्चित भएकोले उच्च मनोबलका साथ चुनावी अभियानमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे ।
जिल्ला उपसचिव रामेश्वर कौडगिया यादवद्वारा संचालित कार्यक्रममा स्वागत क्षेत्रीय अध्यक्ष राज कुमार चौधरीले गरेका थिए भने भेलाको उदेश्य बारे केन्द्रीय सदस्य शम्भु कुमार झाले प्रकाश पारे ।