• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेको लहर 

सप्तरीमा उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेको लहर 
न्यूज टुडे
राजविराज,१६ माघ ।
उज्यालो नेपाल पार्टीबाट सप्तरी क्षेत्र २ मा केन्द्रीय सदस्य डा. दिपक चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएपछि पार्टी प्रवेशको लहर चलेको छ । लोडसेडिङ अन्त्य गरि देशलाई उज्यालो बनाउने कुलमान घिसिङको कुशलतालाई समर्थन गरि उम्मेदवारी दिएको भन्दै डा. चौधरीलाई सघाउने अठोट लिएर पार्टी प्रवेशको लहर चलेको  हो । 
विभिन्न स्थानबाट उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे

चौधरीको घरदैलो तथा चुनावी भेटघाटको  क्रममा राजबिराजका १०, ९, १, १२ मा   गरि विभिन्न वडाका जनता स-स्फुर्त  उज्यालो नेपालमा उत्सापूर्वक जोडिएको जिल्ला संयोजक डा. सुर्याप्रसाद यादवले बताए ।
उनका अनुसार तिलाठीकोइलाडीको जिरियाहाट, सकरपुरा, बेल्ही, तोपामा सयौंको संख्यामा पार्टी प्रवेश गरेको र व्यापक जनलहर उत्पन्न गर्न सफल भएको छ ।यसैगरी  छिन्नमस्तामा ५० जना उज्यालो नेपाल पार्टी प्रवेश गरेको उनले जानकारी दिए ।
पार्टीमा आबद्ध  हुनेको संख्या वृद्धि भएसंगै संगठन निर्माणका कार्यलाई पनि तीब्र पारिएको  उनले बताए । यसैक्रममा राम साफीको नेतृत्वमा महादेवामा उज्यालो नेपाल गठन भएको छ भने पूरै पालिकाका जनतासँग डा. चौधरीको संवाद भएको छ । ठूलो संख्यामा मानिसहरु उज्यालो नेपालका उम्मेदवार डा. चौधरी प्रति आकर्षित भएको डा. यादवले बताए । 
सप्तरीको राजविराज १३ बिषहरिया निवासी प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनी स्वयंपनि उज्यालो नायक कुलमान घिसिगंसग लोड सेडिगं हटाउन लागि परेका थिए । सुशासन समृद्धि विषयमा विधावारिधी गरेका अनुभवी डा. चौधरीको स्थान राम्रो रहेको  स्थानीयको भनाइ छ । उनी राम्रो वक्ता पनि हुन र मधेशको समस्यालाई राम्ररी बुझेका छन् । उनले यसरी नै मेहनत गर्ने हो र जनसम्पर्क बढाउदै लाने हो भने उनको जित निश्चित रहेको उनका समर्थकको बुझाइ छ ।
सप्तरी २ का जनताले नयाँलाई अवसर दिने परम्परा सँगै सक्षम, भिजन भएको र काम गर्ने नेतृत्व खोजिहेको अवस्था डा. चौधरी बलियो उम्मेदवार रहेको सप्तरी २ का मतदाता  तथा नागरिक अगुवाहरु बताउँछन्  ।