न्यूज टुडे
राजविराज, १५ माघ ।
प्रेस सेन्टर नेपाल सप्तरीद्वारा पाँच दर्जन दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोको छ । आफ्नो २२औँ स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल सप्तरीले राजविराजमा बुधबार शैक्षिक सामग्री वितरण गरेको हो।
प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष विन्दु कुमार यादवको अगुवाइमा आयोजित कार्यक्रममा पाँच दर्जन दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
राजविराज नगरपालिका–९ स्थित यातायात कार्यालय नजिक बसोबास गर्ने दलित समुदायका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कापी, पेन्सिल लगायतका सामग्री वितरण गरिएको अध्यक्ष यादवले जानकारी दिए।
कार्यक्रममा प्रेस सेन्टर नेपालको प्रकाशन तथा प्रचार विभागका केन्द्रीय सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी देवराम प्रसाद यादवले प्रेस सेन्टर नेपाल २०६१ साल माघ १५ गते पूर्वी रुकुमको लाबाङमा स्थापना भएको स्मरण गराउँदै हाल यो संगठन नेपालको जनपक्षीय पत्रकारिताको अग्रणी र नेतृत्वदायी संस्थाका रूपमा स्थापित भएको बताए।
कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेशका उपाध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस सेन्टर नेपाल सप्तरीका उपाध्यक्ष कमानन्द माझी, जिल्ला सचिव जितेन्द्र प्रसाद गुप्ता, स्थानीय प्रोफेसर चन्देश्वर यादवलगायतको उपस्थिति रहेको थियो।