सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सप्तरीकाे शम्भुनाथ नगरपालिका ८ पोखरीयामा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको उपाधी शिवशक्ति युवा फुटबल क्लब सिन्धुलीले हात पारेकाे छ । पोखरिया खेलमैदानमा बिहीवार सम्पन्न फाइनल खेलमा शम्भुनाथ नगरपालिका टीमलाई ट्राईब्रेकरमा २-४ गाेल अन्तरले पराजित गर्दै सिन्धुलीले उपाधी हात पारेकाे हाे ।
उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै । फोटो : न्यूज टुडे
पहिलाे हाफकाे १६ ओेेैं मिनेटमा शम्भुनाथका प्रविन राईले गाेल गर्दै अग्रता दिलाएका थिए । पहिलाे हाफकाे ३० ओ मिनेटमा शम्भुनाथका खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएकाे पलान्टीलाइ सदुपयोग गर्दै सिन्धुलीका नवीन धामीले शम्भुनाथकाे गाेलपाेष्टमा जाली चुमाएर पहिलाे हाफ सम्म १/१ काे टीमलाई बराबरीमा पुर्याएका थिए ।
दुवै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलको निर्धारित समय दाेश्राे हाफमा दुबै टीमबाट गाेल हुन नसकेपछि खेलकाे निर्णय ट्राईब्रेकरबाट लिएकाे थियाे ।
उपाधीसँगै सिन्धुलीले नगद रु . ५७ हजार तथा ट्रफि र उपविजेता शम्भुनाथले रु. ४७ हजार तथा कपमा चित बुझाएकाे छ ।
खेलकुद समितिका अध्यक्ष अमितकुमार चाैधरीकाे अध्यक्षतामा विजेता तथा उपविजेता टिमलाई एक समारोहका वीच पुरस्कार वितरण गृएको थियो ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चाैधरी, रामराजाप्रसाद स्वास्थ प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चाैधरी, सन्यासी युवा क्लबका अध्यक्ष धनीलाल चाैधरी लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको थियो ।