• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी २ मा आचारसंहिता उल्लंघन विरुद्ध प्रशासन एक्सनमा : प्रचार सामग्री हटाइयो

सप्तरी २ मा आचारसंहिता उल्लंघन विरुद्ध प्रशासन एक्सनमा : प्रचार सामग्री हटाइयो
न्यूज टुडे
राजविराज,१५ माघ । 
निर्वाचन आचारसंहिता उल्लंघन विरुद्ध सप्तरी प्रशासन एक्सनमा उत्रिएका छन् । निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका विभिन्न चोक–चोकमा राखिएका चुनाव चिन्ह उल्लेखित प्रचार सामग्री बिहीवार हटाइएको हो ।
सार्वजनिक स्थलमा आचारसंहिता उल्लंघन गर्दै तुल, झण्डा, पोस्टरलगायत सामग्री टाँगेको पाइएपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले हटाउन निर्देशन दिएका थिए । उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले ती सामग्री २४ घण्टाभित्र हटाउने सहमति जनाए पनि नहटाएपछी प्रहरीले उक्त सामाग्री नियन्त्रण लिएका छन् । 
 तोकिएको समयसीमाभित्र सामग्री नहटाएपछी अनुगमन समितिले स्वयंल्को उपस्थितमा राजविराजका विभिन्न स्थानबाट ती प्रचार सामग्री हटाएको थियो ।
समितिका संयोजक तथा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले समितिको निर्णयअनुसार सार्वजनिक स्थलमा आचारसंहिता उल्लंघन हुने गरी राखिएका सबै प्रचार सामग्री हटाइएको बताए ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । तर केही उम्मेदवार तथा दलका नेता–कार्यकर्ताले सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल तथा अन्य सार्वजनिक स्थानमा प्रचार सामग्री राख्दै आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ ।
अनुगमन समितिले यस्ता गतिविधि पुनः दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ ।