• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महुलीमा रास्वपाको क्षेत्रीय स्तरीय पालिका जनसम्पर्क कार्यालय

महुलीमा रास्वपाको क्षेत्रीय स्तरीय पालिका जनसम्पर्क कार्यालय
रामनाथ चौधरी
महुली,१४ माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ स्थित महुली बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय स्तरीय पालिका जनसम्पर्क कार्यालय स्थापना गरिएको छ ।  रास्वपाका केन्द्रीय सदस्य तुलसी थारु र सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा चौधरीले बुधबार आयोजित एक समारोहका वीच संयुक्त रुपामा कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै केन्द्रीय सदस्य थारुले चुनावी अभियानको दौरानमा जनताको सल्लाह, सुझाव एवम् गुनासा सुन्नको लागि जनसम्पर्क कार्यालय स्थापना गरिएको बताए ।
उद्घाटन समारोहमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार चौधरी, नेता सुरेन्द्र यादव, वडा नम्बर ६ का वडा सभापति बलजित भुजेलले शुभकामना मन्तव्य व्यक !गरे । 
उक्त अवसरमा रास्वपा प्रदेश सदस्य किसुन यादव, जिल्ला उपसभापति रिता चौधरी,जिल्ला सदस्य नमुना लामिछाने, वडा नम्बर २ का सभापति किशोर चौधरीलगायतका स्थानीय नेताकार्यकर्ताको उपस्थिति थियो ।