• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उज्यालो नेपालका उम्मेदवार चौधरीप्रति बढ्दो जनलहर

उज्यालो नेपालका उम्मेदवार चौधरीप्रति बढ्दो जनलहर
न्यूज टुडे
राजविराज,१४ माघ । 
उज्यालो नेपाल पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्ख नारायण चौधरीको पक्षमा दिनप्रतिदिन जनलहर बढ्न थालेको छ । उज्यालो नेपालका नायक कुलमान घिसिङ नेतृत्वका पार्टीबाट उम्मेदवारी दिएका उनको पक्षमा जनाकार्षण बढेको हो । 
उम्मेदवारी दर्ता पछि चुनावी भेटघाटमा रहेका चौधरीलाई चौकचौकमा मतदाता तथा समर्थकहरुले स्वागत सम्मान गर्दै जिताउने आश्वासन दिएका छन् ।
नयाँ अग्रागामी सोच र मुलुकको लागि योगदान गर्ने हुटहुटी सहित उम्मेदवार बनेको चौधरीप्रति  बढ्दो जनलहरले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को चुनावी समीकरण फेरीन सक्ने कंचनरुप नगरपालिका ७ का राश बहादुर घिसिङले बताए ।  उनले अध्यारो नेपाललाई उज्यालो बनाउने पार्टीको उम्मेदवार प्रतिको जनाकार्षणले चुनावी सदगर्मी ह्वात्तै बढेको बताए । 
नयाँहरुको वीचमा राष्ट्र र जनताप्रति उद्वार र निस्वार्थ भावनाकोसाथ पार्टी स्थापना गरि चुनावमा होमिएकोले जनता चौधरीको पक्षमा उभिएको घिसिङ बताउछन् । 
उज्यालो नेपाल पार्टीबाट उम्मेदवार चौधरीले उम्मेदवारी दिएदेखी नै स- स्फुर्त रुपमा फोन तथा भेटघाट गरेर जन समर्थन पाइरहेको बताए ।  उनले जनताको अपार माया र विश्वासले आफ्नो मनोबल उच्च बनाएको बताउँदै क्षेत्रबासी मतदाताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । 
आफुसंग लामो राजनीति अनुभव भएको बताउँदै उनले कुलमान घिसिङले देशका लागि दिएको योगदान र उनको इमानदारीताले उज्यालो अभियानमा लाग्ने प्रेणा जागेको बताए ।  उनले घिसिङ जस्ता राष्ट्रभक्त व्यक्तित्वलाई देशको बागडोर सुम्पीन सके  नेपाली जनताको सुशासन ,विकास र समृद्धिको आकांक्षा छिटै पुरा हुने विश्वासको साथ उम्मेदवार बनेको बताए । 
आफ्नो उम्मेदवारी कुर्सी र पदका लागि नभएको स्पष्ट पार्दै उनले भ्रष्टाचार र कुशासन अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सशक्त बनाउने लक्ष्यको साथ अगाडि बढेकोले सबैपक्षलाई साथसहयोगका लागि आग्रह समेत गरे ।