सन्यासी युवा क्लबद्वारा पोखरियाद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ८ मैत्रीपुर्ण महिला फुटबल प्रतियाेगितामा मलिथम एफसी उदयपुर विजयी भएकाे छ । पोखरीयास्थित खेलमैदानमा सञ्चालित साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न मैत्रीपुर्ण खेलमा सिरहाकाे धनगढी महिला फुटबल टीमलाई शुन्यका बिरुद्ध एक गाेल अन्तरले पराजित गर्दै मलिथम एफसी विजयी भएकाे हाे ।
विजेता टिमका खेलाडीहरु । फोटो : न्यूज टुडे
मलिथमका लागि सबिना राेकायाले निर्णायक गाेल गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिताकाे फाइनलमा भाेली बिहीवार शिबशक्ति युवा क्लब सिन्धुली र शम्भुनाथ नगरपालिका टीमबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
प्रतियोगिताका बिजेता टिमले नगद रु. ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सन्यासी युवा क्लवले गत २०४३ सालदेखि निरन्तर फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।