

उनले जीत पछि टोल-टोलमा जनपरिषद गठन गरि आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाको समग्र विकासमा सक्रिय भुमिका निर्वाह गर्ने बताए ।
‘यदी सप्तरीको जनताले मलाई फागुन २१ को निर्वाचनमा अवसर दियो भने राजनीतिक रूपमा मैले आफ्नो निर्वाचन क्षेत्रको आम जनतालाई नीति ,निर्माण कार्यमा यसरी सहभागी गराउने छु।’ उनले भने, ‘संसदबाट समाजवाद आउन सक्ने / नसक्ने कुरा जनताले प्रत्यक्ष आफैं महसुस गर्नेछ। तर ‘जनपरिषदको निर्णय अनुसार फिर्ता हुने प्रतिबद्धता गर्दछु । इतिहासको असली निर्माता जनता नै हुन ।’
निर्वाचन क्षेत्र भित्रका प्रत्येक घरधुरीका प्रत्येक नागरिकहरुलाई सहभागिता हुने गरि जनपरिषदहरु गठन गर्ने, जनपरिषदको नियमित बैठक बसाइने, जनपरिषदहरुले स्थानीय मुद्दा देखि राष्ट्रिय एबम अन्तर्राष्ट्रिय राजनीतिक ,आर्थिक ,पलायनता,बेरोजगारी ,विभेद,पर्यावरण ,कृषि लगायतका मुद्दामा छलफल गरेर निष्कर्षमा पुर्याइने छ ।जनपरिषदहरुले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई निगरानीमा राख्नेछ । साथै सुझाव ,सल्लाह र निर्देशन दिने उनले बताए।
“जनपरिषद मार्फत आम जनता प्रत्यक्ष रूपमा राष्ट्रिय राजनीतिकको सवाल देखि नीति ,निर्माणको प्रक्रियामा सहभागिता जनाउने थितिको बिकास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
जनप्रतिनिधिसंगको जीवन्त सम्बन्ध ,जनताको निगरानीमा नियमित बस्ने तथा जनताको निर्देशनलाई नीति ,निर्माण गर्ने तहसम्म पुर्याउने कामले मनपरी तन्त्रलाई रोक्ने बिधिको शुरुवात गरिनेछ,निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिले बदमासी गर्न थालेपछि निर्वाचनमा देखाइ दिने भनेर पर्खिने जनताको प्रतीक्षालाई अन्त्य गरिनेछ,जनपरिषदहरुको निर्णयको पालनाले प्रतिनिधिसभामा जनताको धरातलीय यथार्थको विषय प्रवेश गराइने उनको भनाइ छ ।
उनले आफुलाई आलोचनात्मक सुझावसहित हौसला प्रदान गरि सहयोग गर्न तथा नयाँ अभ्यासमा साथ समर्थनका लागि अपिल समेत गरे ।
‘म स्वस्थ आलोचनाको स्वागत गर्दछु ।” उनले भने, ‘जनताको निगरानीमा बस्ने मेरो प्रतिबद्धता तथा नयाँ अभ्यासको सहयोगका लागि सप्तरीको जनतासंग विनम्र अपील गर्दछु ।’
उनले जनपरिषदमा व्यापक छलफल गरि आउने निष्कर्षलाई आत्मसात गरि विकास र अधिकार प्राप्तिको मुद्दालाई संगस्ंगै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
‘यसमा नवयुवा ,युवा ,प्रौढ ,किसान ,मजदुर ,विद्यार्थी ,ब्यबसायी ,पेशागत सबै क्षेत्रका,सबै उमेर समुहका मानिसहरुको प्रत्यक्ष सहभागिताले जनप्रतिनिधि सबैको बन्नुपर्छ भन्ने ब्यबहारिक कार्यान्वयन हुन्छ भन्दै उनले लोकतान्त्रिक प्रणालीलाई ,जनताको सर्वोच्चतालाई स्थापित गराउन महत्त्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरे ।