• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी २ मा सशक्त बन्दै पूर्वमन्त्री यादव 

सप्तरी २ मा  सशक्त बन्दै पूर्वमन्त्री यादव 
न्यूज टुडे
राजविराज,१३  माघ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् जसपा नेपालका नेता पूर्व सिचाइ मन्त्री  उमेश कुमार यादव चुनावी अभियानलाई तीब्रता दिइ सशक्त बन्दै गएका छन् ।  मन्त्रीको जिम्मेवारीमा रहदा जिल्लाको विकासमा पुर्‍याएको योगदान तथा सैद्धान्तिक रुपमा दृढ छवि भएको कारण आफू  जनताको पहिलो रोजाइमा पार्ने उनको दावी छ । 
उम्मेदवारी पछि जनतासंग भेटघाटमा व्यस्त पूर्व मन्त्री यादवलाई गाउँबस्तीमा शुभकामना दिदै सहयोगको विश्वास दिलाउनेहरुको संख्या बढ्दो रहेको उनका समर्थकअरुको भनाइ छ।  विकासप्रेमी प्रतिनिधिलाई पठाउन नसक्दा सप्तरीपछि परेको भन्दै यसबर्ष यस्तो गल्ती नदोहोर्‍याउने भन्दै यादवको पक्षमा जनलहर बढेको एक नागरिक समाजका अगुवाले बताए । 
सबैको दुखसुखमा साथ सहयोग गर्ने सालिन तथा भद्र नेताको पहिचान बनाएका यादवको जीत सुनिश्चित भएको उनले दावी गरे । दिनप्रतिदिन यादवको पक्षमा माहोल बन्दै जाँदा सबै उम्मेदवारको तुलनामा सशक्त  र सबैभन्दा भारी उम्मेदवार बन्न पुगेको उनको भनाइ छ । 
मन्त्री पदमा आसीन हुँदा जिल्लाका लागि गरेको योगदानको स्मरण गाउँदै पूर्वाधार विकास कार्यमा यादवले खेलेको भुमिका कसैले गर्न नसकेको २ नम्बर क्षेत्रबासीहरु बताउछन् ।  उनको आफ्नो हैसियतले भ्याएसम्म जिल्लाको समग्र विकासमा कमी नगरेको स्थायीको भनाइ छ । 
‘बिक्रमसम्वत २०७० मा सप्तरी -३ का जनताले संविधानसभा सदस्यमा निर्वाचित गरेपछि उनले संविधानसभा र ब्यबस्थापिका – संसदमा आफ्नो क्षमताले भ्याएसम्मको भुमिका खेल्ने काम गरेका थिए।’ एक नागरिक अगुवाले भने,’निर्वाचित भएपछि निरन्तर जनसम्पर्क गर्दै आएको पनि थिए ।, उनले थपे:-,’राजबिराज सदरमुकामका सडकहरुको जिर्ण अवस्था ,भलुवाही नदि र खाडो नदिले पारिरहेको समस्याको  समाधानको लागि गरिएका काम घाम झै छर्लङ्ग छ।’
स्थानीयका अनुसार यादवले राजबिराज -कुनौली सडक र एयरपोर्ट सन्चालनका प्रक्रिया ,रिङ्ग रोडको अवधारणा सहित थुप्रै ग्रामीण सडकहरु,बिधालयको भौतिक पुर्वाधार एवम् दलित छात्राबास भवनको निर्माणकार्य अगाडि बढाएकोले यादवप्रतिको सद्भाव बढेको हो । 
 यसैगरी पूर्वमन्त्री यादवले दलित बस्ती मै दलित समुदायको साथीहरुले निर्वाचन क्षेत्रमा ४५ ठाउँमा विद्यार्थीहरुलाई पढाउने र स्कुल पठाउने कामको शुरुआत गरे ।’ स्थानीय भन्छन् :- ‘जिल्लाको समग्र बिकासको काम बारेमा सामुहिक धारणा बनाउने र ब्यबस्थापिका – संसदमा सामुहिक ढंगले संघर्ष गर्ने कामको पहिलो बैठक पनि उनले शुरुआत गरे।’  यतिमात्र होइन ‘स्मशाण होस् की कबर्स्थानको संरक्षण गर्ने शुरुआत  पनि उनले नै गरेको थिए।”
‘समृद्धतराई मधेस सिचाइ बिकास विशेष कार्यक्रम ,तराइ मधेस बाढी ब्यबस्थापन कार्यक्रम ,तराई मधेसको सदरमुकाम बचाउ कार्यक्रम ,लगायत थुप्रै नयाँ कार्यक्रम यादव पदमा हुँदा प्रारम्भ गरेको इतिहास साक्षी रहेको भन्दै स्थानीय स्मरण गर्छन् । 
आफुहरुले जिल्लाबासीको लागि गरेको काम देखाउन नसक्नु उनको कमजोरी भएको बताउँदै स्थानीयले उनले गरेको कामको हामीले प्रचार गर्न सकेनौं ।अहिले पनि त्यस मामिलामा उनी चुक्दै गएका छन् ।’ एक स्थानीयले भन्छन्,  प्रचारभन्दा काममा विश्वास गर्ने भएकोले उनी ओझेलमा परेको हो ।’
यादव जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार  हुन्। उनको उम्मेदवारीले क्षेत्रबासी निकै उत्साहित देखिएका छन् ।
यादव सिंचाइ मन्त्री हुँदा खाडो नदी नियन्त्रणको योजना ल्याई तटबन्ध निर्माण कार्यले गति लिएको थियो । हाल खाडो नदी नियन्त्रण कार्यालय स्थापना गरि थालिएको कार्यले खाडो खोलाको बाढीको डुवानबाट बर्षोबर्षदेखिको समस्या न्यूनीकरण भएको स्थानीय बताउछन् ।
यादवसंगै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत,  स्वाभिमान पार्टीबाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह,रास्वपाका रामजी यादव, नेपाली कम्युनिस्ट पार्टीका सुर्यनाथ यादव, नेपाल काँग्रेसका राम कुमार यादव, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी मुख्य प्रतिस्पर्धामा छन् ।