• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्वमन्त्री यादव भन्छन् : ‘मताधिकार उपयोग गरौं, संघीयता विरोधीबाट सचेत रहौं’

पूर्वमन्त्री यादव भन्छन् : ‘मताधिकार उपयोग गरौं, संघीयता विरोधीबाट सचेत रहौं’
न्यूज टुडे
राजविराज,१२ माघ ।
जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पूर्व सिंचाइमन्त्री उमेश कुमार यादवले जनताले पाएको मताधिकारको उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक संजालमा सोमबार मत दिदा सोच्नुपर्ने गम्भीर सवाल सार्वजनिक गर्दै संघीयतासहित विकास र समृद्धि नचाहने विरुद्ध मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रति इङ्गित गर्दै जसपा नेपालबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका पूर्वमन्त्री यादवले संघीयता अस्विकार गर्नेलाई मत दिने की गणतन्त्र , संघीयता ,समानुपातिक / समावेशी पहिचानको लागि  निरन्तर संघर्ष गर्दै आउनेलाई मत दिने  ? भन्दै प्रश्न गरेका छन् । 
‘संघीयता अस्वीकार गर्दै प्रदेशसभा सदस्यको निर्वाचनमा मत नहाल्ने , प्रदेशसभा सदस्यको लागि उम्मेदवार नउठाउनेलाई मत दिने  की गणतन्त्र , संघीयता ,समानुपातिक / समावेशी पहिचानको लागि  निरन्तर संघर्ष गर्दै आउनेलाई मत दिने  ?” उनले उल्लेख गरेका छन् ।
यसैगरी “मधेसी जनताको पहिचान ,पहुँच र सम्मानको लागि संघर्ष गर्दै आएकोलाई मत दिने कि मधेसी जनता लाई छठ पर्वमा रानी पोखरीमा छठ पर्व गर्न रोक्ने  लाई  ?रास्वपाका वरिष्ठ नेता बालेन साहलाई लक्षित गर्दै उनले उल्लेख गरेका छन्, ‘कवाडी ब्यबसायी जुन मधेसीहरु नै बढी छन् ,त्यसलाई काठमाडौबाट लखेटनेलाई मत दिने की काठमाडौ मधेसीको आवाज बुलन्द गर्नेलाई ?’
पहिचान प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि संघर्ष गर्ने उम्मेदवारलाई विजयी गराउन आफ्नो मताधिकारको प्रयोग गर्नुपर्ने उनको जोड छ । 
‘जसले क्रान्ति र आन्दोलनमा प्रत्यक्ष सहभागी भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा सक्रिय भाग लिएको छ ,त्यसलाई मत दिने कि जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफ्ट कू गराएको छ ,त्यसलाई  ?  उनले प्रश्न गरेका छन् । 
‘जसले काठमाडौको संसदमा गएर मधेसीको हक,अधिकार र पहिचानको पक्षमा लडेर इतिहास रचेको छ  त्यसलाई मत हाल्ने की ?  काठमाडौ महाननगरपालिकाका निबर्तमान मेयर समेत रहेका साहलाई तिखो प्रश्न गर्दै उनले थपेका छन् :-‘  जसले आफुलाइ मधेसी अस्वीकार गरि आफ्नो पहिचान र पू्र्खालाई नै शाही खानदान बुझ्यो ,त्यसलाई ?’
काँधमा राष्ट्रिय झण्डा ओढेर सस्तो लोकप्रियताले मुलुकले निकास पाउन नसक्ने उल्लेख गर्दै यादवले जिल्लाको विकासमा योगदान गरेका तथा देशलाई सहि दिशामा ल्याउने परिपक्व व्यक्तिलाई जनताले जिताएर पठाउन अपरिहार्य रहेको उल्लेख गरेका छन् । 
‘जो क्रान्ति र आन्दोलनमा होमिएर जनताको पक्षमा संबैधानिक अधिकार लेखे ,सप्तरीको बिकासको लागि काम गरेर देखाएको छन्  त्यसलाई मत हाल्ने  की जो कस्ट्मेटिक छन् ,प्रायोजित छन् ,प्रोपोगन्डाले तयार भएका छन् ,जनसंघर्षको मैदानमा एक मिनेट पनि गएको छैन ,त्यसलाई ?  पूर्वमन्त्री यादवले प्रश्न उठाएका छन् । 
यादवले घुमाउरो तरिकाले आफूलाई मतदान गर्नुपर्ने भन्दै व्यवस्था परिबर्तनमा खेलेको भुमिकाको स्मरण गराएका छन् । 
‘जसले क्रान्ति र आन्दोलन मार्फत परिवर्तन ल्याए ,जो आफैं क्रान्तिमा हिडे त्यसलाई कि जसले निर्दोष युवाहरुको रक्त स्नान गरेर प्रधानमन्त्री बनाउने र बन्ने खेलमा लागेका छन् ,जसले सहिदहरुको ब्यापार गर्न नक्कली मधेसी बनेर मधेस झरेका छन् ,त्यसलाई ?’ गम्भीर प्रश्न तेर्साउदै उनले भनेका छन्, ‘जसले समाजवादको बाटो निर्माण गर्नमा अघि बढेका छन् ,त्यसलाई कि जो फासीवादको बाटोमा अघि बढेका छन् ,त्यसलाई  ?’ 
भएको प्रतिनिधिसभा विघटन गराएर पुनः प्रतिनिधिसभाको निर्वाचन मात्रै भइरहेको छ।कसैलाई प्रधानमन्त्री बनाउन र कसैलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन भदौ २३ र २४ को आन्दोलन भएको थियो र?  भन्दै उनले”राज्यसत्ताको चरित्रमा परिवर्तन ल्याएर जनताको थप जनअधिकार लिपिबद्व गराउन लाग्नुको साटो प्रतिनिधिसभा विघटन गराउन गराउने ,डिस्कोडबाट प्रधानमन्त्री छान्ने अनि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने ? कुन शक्तिले निर्देशन गरिरहेको छ ?’
देश र जनताको लागि नभई अरुको लागि उक्सह्टमा उम्मेदवार बनेकाहरुले विदेशी आतंककारीको कब्जामा  मुलुकलाई समर्पण गराउने तथा देश  संकटमा फँस्ने आशंका उनले गरेका छन् ।  
राष्ट्रलाई रणभूमि बनाउने प्रपन्चलाई विफल पार्नुपर्नेमा जोड दिदै उनले गम्भीर भएर सोचौं ,देशलाई दुर्घटनाबाट जोगाउन एबम सप्तरीको बिकासलाई गति प्रदान गर्न अग्रगामी शक्तिलाई आफ्नो अमुल्य मतदान गर्न आग्रह गरेका छन् ।