न्यूज टुडे
राजविराज, ११ माघ ।
शम्भुनाथ नगरपालिका फुटबल टीम सप्तरीको शम्भुनाथ नगरपालिकामा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत शम्भुनाथ ८ पोखरीयास्थित खेलमैदानमा आइतवार सम्पन्न दोश्रो क्वाटर फाइनलमा सोमवारे फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–५ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ नगरपालिका फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो ।
प्रतियोगिताको फाइनल प्रबेशका लागि सोमबार पहिलो सेमिफाइनलमा मलिथम एफसी उदयपुर र शिबशक्ति युवा क्लब सिन्धुलीले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लबले जनाएको छ ।
शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेता टिमले नगद रु.५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।