न्यूज टुडे
राजविराज,११ माघ ।
मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा जसपा नेपाल, कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । चार सिटका लागि मधेश प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
आइतबार साँझ भएको अन्तिम मतपरिणम अनुसार जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७ सय २५ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्दी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८ सय ५ मत प्राप्त गरे ।
यसैगरी अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण विजयी भएका छन् । उनले ८ हजार ९३ मत पाएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मत पाए ।
यस्तै महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झाले ७ हजार २ सय २२ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ मत ल्याएकी छन् ।