• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमालेको लोकप्रियता देखेर आत्तिएर घेराबन्दी :  पूर्वमेयर मिश्र 

एमालेको लोकप्रियता देखेर आत्तिएर घेराबन्दी :  पूर्वमेयर मिश्र 
उत्तम आचार्य 
कन्चनरुप , ११ माघ ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् कन्चनरुप नगरपालिकाका पुर्व मेयर बसन्त मिश्रले नेपाल कम्युनिस्ट पार्टी एमालेले राम्रो काम गरेकै कारण अध्यक्ष केपि शर्मा ओलि र पार्टीलाई चारैतिरबाट घेराबन्दी गरिएको  बताएका छन्। नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा कन्चनरुप ९ स्थित फुलबारी पार्टी प्यालेसमा आइतबार आयोजित नगर भेलालाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् ।
समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई लिएर एमाले अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारले नेपाललाई अबिकसित राष्ट्रबाट बिकसित राष्ट्र तर्फ उन्मुख गराउदै ,चुच्चे नक्शा पास गराइ लिपुलेक , लिम्पियाधुरा , कालपानी हाम्रै हो भनेपछि एमाले अध्यक्ष ओलि र पार्टीलाई घेराबन्दी गर्न थालिएको उनले स्मरण गराए । उनले एमालेको लोकप्रियता नरुचाउने देशी विदेशी शक्तिको आडमा एमालेलाई घेराबन्दी गरेको आरोप लगाए । 
‘सांगठनिक रुपमा एमाले सप्तरी क्षेत्र नम्बर १ मा बलियो छ , हामीले धेरै राम्रा कामपनी गरेका छौ ‘ उनले भने, ‘यसपालि हामीले राम्रो उम्मेदवार पनि पाएका छौ । जीत सुनिश्चित छ ।’
 उनले मनोबल उच्च राखी चुनावी मैदानमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिए ।
समानुपातिक उम्मेदवार एवम् प्रदेश कमिटी सदस्य आसरादेवी चौधरीले अहिलेको चुनावी लडाइ भनेको देश जलाउने र देश बनाउने बिच भएको हुँदा एमालेको पक्षमा चुनावी माहोल सशक्त रुपमा अगाडि बढेको बताइन् । उनले एमाले मात्र देश विकासलाई गति दिने भएकोले एमाले उम्मेदवारलाई मतदान गर्न सबैलाई आग्रह गरिन ।
भेलाले नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीको संयोजकत्वमा २ सय ५५ सदस्यीय नगर  स्तरीय चुनाव परिचालन कमिटी समेत गठन गरेको छ ।
कार्यक्रम संचालन नगर कमिटी सचिव केवल खत्रीले गरेका थिए ।