रामनाथ यादव
राजविराज,१० माघ ।
जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सिके राउतले शहिदको सपनालाई साकार बनाउन पर्ने बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ मा शनिबार आयोजित भेटघाट एवम् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी फाल्गुनमा हुने निर्वाचन, साधारण निर्वाचन मात्र नभई गणतन्त्र, संघियता र हामीलाई प्राप्त अधिकार रहने की न रहने त्यो निर्णय गर्ने निर्वाचन भएको बताए ।
डा. राउतले कार्यक्रममा सक्रिय सहभागिता रहेको युवाहरु सहिदका माग प्रति अडिग रहेकोले आफूलाई गर्व अनुभूति भइरहेको बताए ।
सयौं वर्षको संघर्षको रक्षा गर्ने काम हामी सबैको काँधमा जिम्मेवारी आएकोले कसैको प्रलोभनमा नपरी जनमतका उम्मेदवारलाई मतदान गरी आफनो सम्पूर्ण हक अधिकार सुनश्चित गर्न डा. राउतले आग्रह गरे ।
गाैरी शंकर इंग्लिश बोर्डिङ्ग स्कूल सकरपुरा को प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय जनाभन्दा बढी स्थानीयहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
पूर्व कार्यपालिका सदस्य एवम् जनमत पार्टीका गाउँपालिका सचिव दामोदर मुखियाको अध्यक्षतामा आयोजीत कार्यक्रममा मधेस प्रदेश सरकारको अर्थमन्त्री महेश प्रसाद यादव, सच्चिदानन्द यादव, प्रमोद इसर,
गाउँपालिका नेता नेहाल सिंह, सुशील मण्डल, कुन्दन सिंह, माधव मण्डल लगायतका स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।