सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ प्रशवनी निवासी उचित नारायण चौधरीले स्थापना गरेको उचित लालवती कमला स्मृति छात्रवृत्ति १८ जना छात्रछात्रालाई वितरण गरिएको छ । आफ्ना दिवंगत पत्नीद्वोय लालवती र कमला चौधरीको स्मृतिमा स्थापना गरेको उक्त छात्रवृत्ति महिकर श्यामा माध्यमिक विद्यालय प्रशवनीका १८ जना छात्रछात्रालाई वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर प्रसाद सिंहको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका वीच छात्रवृत्ति वितरण गरिएको थियो ।
छात्रवृत्ति पाउनेमा कक्षा १ देखि १० सम्मका प्रथम विद्यार्थी तथा बालकक्षादेखि १२ कक्षासम्मका जेहेन्दार,विपन्न नियमित कक्षामा उपस्थित हुने र अनुशासित छात्रछात्रा छन् ।
छात्रवृत्ति वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत यादव । फोटो : न्यूज टुडे
छात्रवृत्ति पाउनेहरुमा प्रथम विद्यार्थीहरुमा कक्षा १० की सुदिक्षा सिंह, ९ की सरस्वती कुमारी चौधरी ,८ का छत्रमान चौधरी,७ की प्रियंका चौधरी,६ की समिक्षा कुमारी चौधरी, ५ की काजल कुमारी गामी, ४ का नितेश कुमार साह, ३ का आरएन विक, २ की हिमानी चौधरी, १ की प्रतिमा चौधरी छन् ।
यसैगरी नियमित, जेहन्दार र अनुशासित तर्फ कक्षा १० का शिव कुमार सरदार, ९ का सुशान्त चौधरी,अर्जुन सरदार, ८ का राकेश चौधरी, ६ की अंशु कुमारी चौधरी, कक्षा १२ की उदिक्षा चौधरी, ११ की लक्ष्मी कुमारी मण्डल र बालकक्षाकी श्रेया चौधरी रहेका छन् ।
छात्रवृत्ति प्रदान गर्दै पत्रकार बृजमान तामाङ । फोटो : न्यूज टुडे
उनीहरुलाई प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरी, अग्नीसाइर कृष्णासवन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, प्रशासन शाखा प्रमुख योगेन्द्र प्रसाद यादव, शिक्षा शाखा प्रमुख फिरोज कटवाल, छात्रवृत्तिका संस्थापक उचित नारायण चौधरी, पत्रकार बृजमान तामाङ, स्वर्गीय लालदेवीकी छोरी सरिता चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर प्रसाद सिंह तथा सदस्यहरु, प्रधानाध्यापक उपेन्द्र प्रसाद साह, समाजसेवी तुलसी थारुले जनही रु पाँच सय नगदसहित १ थान डिक्सनरी प्रदान गरे ।
छात्रवृत्ति वितरण गर्दै संस्थापक चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादवले छात्रवृत्तिका लागी अक्षय कोष स्थापना गरि विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप वितरण गरेकोमा खुशी व्यक्त गरे । छात्रवृत्ति तथा पुरस्कारले विद्यार्थीमा गुणस्तरीय शिक्षामा उर्जा थपिने भएको भन्दै उनीहरुले संस्थापकलाई धन्यवाद दिदै छात्रवृत्ति वितरणमा निरन्तरतामा जोड दिए ।
छात्रवृत्ति प्रदान गर्दै दाता परिवारकी सरिता चौधरी । फोटो : न्यूज टुडे
छात्रवृत्तिका संस्थापक चौधरीले आफ्ना स्वर्गीय पत्नी द्वोय लालदेवी र कमलाको स्मृतिमा १ लाख ५० हजार अक्षयकोष स्थापना गरि त्यसबाट प्राप्त व्याजबाट मावि प्रशवनीका छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्न सुरु गरेको बताए । सरस्वती पूजाको अवसरमा शुभारम्भ गरिएको छात्रवृत्ति अक्षयकोषको राशी दोब्बर गरि प्रत्येक बर्ष छात्रवृत्ति वितरण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
शिक्षक रामकृष्ण यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक उपेन्द्र प्रसाद साहले गरे ।