• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन–पत्र दर्ताको काम मंगलबार सम्पन्न भएको छ ।
मुलुकभरीकै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले उत्साहजनक रुपमा मनोनयन–पत्र दाखिला गरेका छन् । निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी प्रचार प्रसार पनि तिब्र बन्दै गएको छ । मतदातालाई रिझाउनका लागि चुनावी सभा र घरदैलो कार्यक्रम पनि यस क्रममा गरिने नै छन् । लोकतन्त्रमा जनतासित मत माग्नका लागि सबै उम्मेदवारले जनतासमक्ष जानै पर्ने हुन्छ । यस क्रममा हुने लोकतान्त्रिक प्रतिष्पर्धालाई पनि सहज रुपमा स्वीकार्नु पर्ने हुन्छ । निर्वाचनमा उम्मेदवारी धेरैको पर्न सक्छ । तर त्यस मध्ये जनताको मतका आधारमा एक जनाले विजय हासिल गर्ने हो । निर्वाचन लडेपछि जे जस्तो परिणाम आउँछ त्यसलाई स्वीकार गर्ने पर्दछ । चुनावी प्रतिपर्धाका क्रममा प्रतिस्पर्धीको विरोध, आरोप प्रत्यारोप भन्दा पनि आफ्ना प्रतिबद्धता र गर्ने कामका बारेमा मतदातालाई जानकारी दिने भावी योजनाका बारेमा प्रस्तुतिकरण गर्ने लगायतका गतिविधि स्वाभाविक मानिन्छन् । आपूm जस्तै प्रतिस्पर्धामा उत्रेको व्यक्ति सितको सम्बन्ध पनि मित्रवत रहनुलाई सकारात्मक मानिन्छ । अरुको कमी कमजोरी मात्र उजागर गर्ने भन्दा पनि आफ्ना त्रुटी, कमजोरी सुधारेर अघि बढ्न सक्नु नै उपयुक्त पनि हो । निर्वाचनमा उत्रिसकेपछि हार जीत हुनु स्वाभाविकै हो । 
त्यसैले जनताले दिएको निर्णयलाई सहजताका साथ स्वीकार्दै अघि बढ्न सक्नुमा नै दिगो राजनीति पनि सम्भव हुने कुरालाई विर्सन मिल्दैन । स्वतन्त्र, निष्पक्ष, धाँधली तथा भयरहित निर्वाचन होस् भन्नका लागि सबैको सहयोग आवश्यक छ ।