न्यूज टुडे
राजविराज,०७ माघ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा दर्शन गरी चुनावी प्रचारप्रसार अगाडि बढाएका छन् । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराए पश्चात बुधबार डाक्नेश्वरी नगरपालिका स्थित प्रसिद्ध मन्दिरमा उनलेे पूजाआजा गरेर चुनावी अभियान थालेका हुन् ।
पार्टीका नेताकार्यकर्ता तथा समर्थकका साथ डाक्नेश्वरी देवीको दर्शन गर्नुका साथै लोकआस्था तथा पूर्वाधारको अवस्थाबारे जसपा अध्यक्ष यादवले जानकारी समेत लिएका छन् ।
पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् मतदाताहरूसँग चुनावी भेंटघाट गर्ने कार्यलाई अगाडि बढाइएको पार्टीका केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । मधेश जनविद्रोहका कमान्डर उपेन्द्र यादवसँग भेट्न जनता निक्कै उत्साहित देखिएको उनले बताए ।
स्थानीयले आफूहरूको क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, सिंचाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवसँग दुखेसो समेत पोखेका छन् ।