• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सोनाम ल्होछारको अवसरमा इन्जिनियर यादवद्वारा अग्नीपीडित परिवारलाई सहयोग 

सोनाम ल्होछारको अवसरमा इन्जिनियर यादवद्वारा अग्नीपीडित परिवारलाई सहयोग 
न्यूज टुडे
राजविराज,०७ माघ । 
धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा सप्तरीको तिरहुत गा.पा.-१ धनपुरी टोलका एक अग्नीपीडित परिवारलाई राहत वितरण गरेको छ । स्थानीय  अग्निपीडित जोगिन्द्र यादवलाई  तामाङ समुदायको साँस्कृतिक पर्व २८६२ औं सोनाम ल्होछारको अवसरमा राहत वितरण गरिएको हो । 
 घरमा आगलागी भई सर्वस्व गुमाई‌ विच्चलीमा परेका अग्नी पीडित यादव परिवारलाई सोनाम ल्होछारको अवसरमा त्रिपाल,झुल,बल्यांकेट,थाल, गिलास, कराही,डेकची, पन्यौ,बाल्टिन,मग, म्याट्रेस लगायतका सामाग्री संस्थाको तर्फबाट सहयोग गरिएको क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले बताए ।
उक्त अवसरमा अस्थायी प्रहरी पोष्ट त्रिकोलका प्रहरी सहायक निरीक्षक गया प्रसाद चौधरी, सशस्त्र प्रहरी सहायक निरीक्षक अजय यादव लगायत स्थानीय भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो । 
२०८२ माघ १ गते यादवको घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको थियो ।