उत्तम आचार्य
कन्चनरुप , ०५ माघ ।
नेकपा ( एमाले) निर्वाचन क्षेत्र नम्बर १ स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । क्षेत्रीय समन्वय कमिटीद्वारा रुपनगरमा सोमबार आयोजित भेलाले पार्टीउत्तमका केन्द्रिय सदस्य राजकुमार लेखीको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
भेलाले पार्टीको उम्मेदवार घाेषणा सहित पार्टी कार्यालय उद्घाटन गरि सप्तरी क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समिति गठन गरिएको जनाइएको छ । क्षेत्रिय अध्यक्ष राज कुमार साहकाे अध्यक्षतामा कञ्चनरूप नगरपालिका ९ स्थित फुलवारी पार्टीप्यालेसमा आयोजित क्षेत्रिय भेलाले उक्त निर्वाचन परिचालन समिति गठन गरेकाे जिल्ला सचिव देवनाथ यादवले बताए ।
उनकाे अनुसार यस समितिमा केन्द्रीय, प्रदेश, जिल्ला, नगर कमिटीका अध्यक्ष तथा प्रतिनिधि हुँदै विभिन्न जनवर्गीय संगठनका अध्यक्ष, जनप्रतिनिधी लगायत रहने छन् । यस क्षेत्रबाट( एमाले)ले सुमनराज प्याकुरेललाई प्रतिनिधि सभाकाे निर्वाचनमा अघि सारेको छ।
नेकपा एमालेको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समन्वय कमिटी र कन्चनरुप नगर कमिटीको पार्टी कार्यालय समेत उद्घाटन भएको छ ।
भेलामा प्रमुख अतिथी नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले देशकाे वर्तमान जर्जर अवस्था वारे चर्चा गर्दै अब याे मुलुकमा एमालेकाे सरकार बिकल्प नरहेको बताए ।
। यदि एमालेकाे सरकार नआउने हो भने देशकाे सबै अस्तित्व समाप्त भएर जाने उनले बताए । उनेले राष्ट्रहीतका लागेपनि आम जनताले एमालेकाे सरकारकाे परिकल्पना गरेर सूर्य छापमा मतदान गर्न आवश्यक छ ।
उनले विभिन्न सा- साना पार्टीहरू चुनावी मैदानमा आउने भएपनी देशका हीतमा काम गर्ने मुख्य दुइवटा पार्टी एमाले काग्रेसमात्र रहेकाे दावी गरे । क्षेत्रिय स्तरका पार्टीले २/४ सिट जितेर नत सरकार बनाउन सक्छन् नत जनताकै काम गर्न सक्छन् अनि किन हामीले मत बेकार गर्ने? भन्दै उनले प्रश्न गरे ।
यस्तै उम्मेदवार प्याकुरेलले आफू यस क्षेत्रमा जनताकाे मन मष्तिष्कमा बसेकाे दावी गर्दै लामाे समयदेखि स्थानिय ठाउँमा रहेर सारालाई दु:खमा साथ दिएकाे बताए ।
उनले यस क्षेत्रमा एमालेले १० बर्षदेखी उम्मेदवार बनाएर चुनावी मैदानमा नआएको हुँदा अबकाे जीतकाे पालाे एमालेकाे रहेकाे ठाेकुवा गरे ।
देशमा उत्पन्न जेनजी आन्दोलनलाई साथ दिने केहीदलहरू चुनावी रणनीति बनाइरहेकाे पाउँदा आफुलाइ लाज लागेकाे उनले बताए ।
निर्णायक रास्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प , समृद्ध नेपाल सुखी नेपाली रास्ट्रिय गन्तव्य , दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गरौं , जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं भन्ने मुल नाराकासाथ भएको क्षेत्रीय भेलामा अहिलेको लडाइँ भनेको रास्ट्र बनाउने र राष्ट्र खरानी बनाउने वीच भएको हुँदा त्यसैले नेकपा एमालेको सरकार बनाउनु पर्नेमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार सुमनरज प्याकुरेलले जोड दिए ।
नेकपा एमालेका पुर्व स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले अहिले देशमा संविधान बमोजिम सरकार नबनेको र बिदेशीको इशारामा नेपाललाई ध्वस्त पार्ने काम बाहेक यो सरकारले अरु केही गर्न नसक्ने बताए ।
नेकपा एमालेका पुर्व केन्द्रिय सल्लाहकार सदस्य गंगा प्रसाद यादव , हनुमाननगर कंकालिनी नगर कमिटी अध्यक्ष आकाश यादव , तिरुहुत गाउँ कमिटी अध्यक्ष दिनेश यादव , अग्निसाइर कृष्णसंवरन गाउँपालिका कमिटी अध्यक्ष श्यामकान्त चौधरी , कन्चनरुप नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरी , सप्तकोसी नगर कमिटी अध्यक्ष पारस दाहालले सुर्यध्वजा वाहक उम्मेदवार सुमनराज प्याकुरेललाई बिजयी गराउन सक्रिय रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
सोही अवसरमा पुर्व गाबिस अध्यक्ष समेत रहेका जसपाका नेता छेदी पण्डित जसपा परित्याग गरि मुलघर एमालेमा प्रवेश गरे । उनलाई केन्द्रिय सदस्य लेखी लगायतका नेताहरुले टीका लगाइ खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्दै पण्डितले राष्ट्र , राष्ट्रियता र बिकासको सवालमा अडिग भएर काम गर्ने एमाले बाहेक अरु पार्टी नरहेकोले आफू मुल घर एमालेमा प्रवेश गरेको बताए ।
क्षेत्रीय सचिब सरोज राना मगरद्वारा संचालित कार्यक्रमम स्वागत केन्द्रिय सदस्य सरिता गिरि यादवले गरेकी थिइन ।