• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा विभिन्न मुद्दाका आठजना प्रतिवादी पक्राउ

सप्तरीमा विभिन्न मुद्दाका आठजना प्रतिवादी पक्राउ
न्यूज टुडे
राजविराज,०३ पुस । 
सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका आठजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चेक अदादर,लेनदेन, बहुविवाह, कुटपिट मुद्दामा दोषी ठहर भइ फरार भएका उनीहरुलाई शुक्रबार  प्रहरीले नियन्त्रणमा लिएको हो । 
पक्राउ पर्नेमा लेनदेन विगो मुद्दामा १ बर्ष जेल सजाय भएका राजविराज ७ का सरिता झा,बहुविवाह मुद्दामा २ हजार जरिवाना तोकिएका शम्भुनाथ नगरपालिका १२ की बबिता कुमारी चौधरी,चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका महादेवा गाउँपालिका ३ का रमेश कुमार यादव रहेका छन् । 
यसैगरी कुटपिट मुद्दाका प्रतिवादी राजविराज ७ का भदी साहु तेली,देव नारायण साहु,प्रमानन्द साह तेली,रुपनी गापा २ का मुक्तिलाल साह,मौजेलाल साह रहेका छन् । उनीहरुलाई एक सय छ्यानब्बे देखि ८३ रुपैयाँ जरिवाना तोकिएको छ । 
उनीहरुलाई शुक्रबार नै जिल्ला अदालत राजविराज दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।