• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महादेवाको अकबरपुरमा आगलागी, लाखौँको क्षति

महादेवाको अकबरपुरमा आगलागी, लाखौँको क्षति
उत्तम आचार्य
कञ्चनरूप, ०३ माघ । 
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–२ स्थित अकबरपुर टोलमा शुक्रबार राति करिब १२:१० बजे भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । स्थानीय बद्री मण्डलको तीन वटा घरमा आगलागी हुँदा दस लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट तीनवटा घर, तीनवटा खसी–बाख्रा, अन्न, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामान जलेर खरानी भएको स्थानीयले बताएका छन् । 
आगलागीको समयमा अधिकांश परिवार सुतिरहेका थिए । समयमै स्थानीयवासीको सक्रियतामा मानवीय क्षति भने हुन पाएएको स्थानीयले जनाएको छ । 
आगो निभाउन स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । 
आगलागीको कारण खुल्न नसकेको भए पनि विद्युत् सर्टसर्किट वा खुला आगोबाट भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।