• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी, ६ लाख बराबरको क्षति

सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी, ६ लाख बराबरको क्षति
उत्तम आचार्य 
कञ्चनरूप, २ माघ । 
सप्तरीको तिरहुत गाउँपालिका–१ धनपुरी टोलमा बिहीवार आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय योगेन्द्र यादवको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो । 
 बिहीबार अपराह्न करिब ४ः४० बजे यादवको खरको छानो तथा बाँसको टाटीबेरा भएको फुसको एक कोठे घरमा आगलागी भएको अस्थायी प्रहरी पोस्ट त्रिकोलले जनाएको छ ।
प्रहरीका अनुसार घरभित्र पूजा गर्न बालिएको दियोबाट अचानक आगो सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
आगलागीबाट घरसहित घरभित्र रहेको काठको दराज दुई थान, स्टिलको दराज एक थान, ३५ तोलाका विभिन्न चाँदीका गरगहना, ३ तोलाको सुनका गरगहना, नगद रु १ लाख २५ हजार, ४० मन धान, १० मन चामल तथा जग्गाधनी पूर्जा, नागरिकता लगायतका महत्वपूर्ण कागजात जलेर नष्ट भएको पीडित यादवले बताए । 
आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको पनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, कञ्चनरूप नगरपालिका अन्तर्गतको दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।