सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका २ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडाध्यक्ष कमल कुमार मण्डलको अध्यक्षता तथा मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवको प्रमुख अतिथिमा बिहिवार आयोजित एक समारोहका विच नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको हो ।
वडा कार्यालय उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
प्रमुख अतिथि अर्थमन्त्री यादव र गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले संयुक्त रुपमा रिवन काटेर नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री यादवले जवसम्म मधेस प्रदेस सरकारकाे शासन प्रशासन आफ्नो हुदैन तब सम्म मधेस र मधेसी जनताले समस्या खेप्नुपर्ने अवस्था रहने बताए ।
‘देशमा संघियता मधेसीहरुकाे लागि मात्र रहेको देखियो । संघियता ल्याउन मधेसी युवाहरूको महत्त्वपूर्ण देन रहेको छ ।’ उनले भने, ‘अहिलेकाे सरकारकाे अवस्था विकृति , भ्रष्टाचारकाे दाग वढी रहेकाे देखिएको छ । त्यसलाई निरुत्साहित गर्नु आवश्यक छ।’
उनले गाउँ गाउँमा ग्रामीण महिला उद्योग स्थापना गर्नुपर्नेमा जाेड दिएका थिए । मन्त्री यादवले शासक वर्गहरुले मधेसमा फुट ल्याउने खेल खेलिरहेको भन्दै सचेत हुन आग्रह गरे ।
विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष मण्डलले नयाँ वडा कार्यालय भवनकाे जसरी खुशीकाे साथ समुदघाटन गरियो त्यसरी नै जनताहरुलाई सेवा सुविधा दिएर खुशी पारेर पठाउनु पर्ने बताए ।
उनले जनताहरुले नै जनप्रतिनिधि छानेर पठाएको हुँदा जनताकाे सेवक , प्रतिनिधि वनेर सेवा गर्नुगर्ने वताए । पालिकामा कर्मचारीकाे अभावमा यसवर्ष किसानहरुलाई समयमा गँहु बीउ,साग वीउ, कृषि औजारहरु किसानलाई सहयाेग गर्न नसक्दा आफू सार्है दुखी भएको बताए ।
वडा अध्यक्ष मण्डलले आफै भवनमा वडा कार्यालय संचालनमा ल्याउन पाएकोमा खुशी हुँदै अव देखी वडा नं.२ का जनताले सहज र सरल रुपले सेवा पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महेन्द्र खंग, क्षेत्र नम्बर २ जसपा नेपालका क्षेत्रीय अध्यक्ष प्रदिप कुमार मण्डल, पूर्व वडा अध्यक्ष खगेन्द्र मण्डल,सिद्विदातृ ज्ञानकुप इग्लिस वाेडिंग लाैनियाका संस्थापक श्रीराम मण्डल,इन्जिनियर जिवछ मण्डल,स्थानीय अमरनाथ मण्डल,केशव कुमार मण्डल रामनारायण मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा ४ का वडा अध्यक्ष मुनीलाल मुखिया ,५ का वडा अध्यक्ष ललन प्रसाद राउत, विपद व्यवस्थापनका संयाेजक राजेश झा, कार्यक्रम संयाेजक किशोर कुमार झा,स्वास्थ्य शाखा संयाेजक दिपक कुमार मण्डल , पत्रकार रुपेश यादव,प्रवेश कुमार मिश्र प्रकाश कुमार मण्डल लगायतकाे उपस्थित रहेकाे थियाे ।
काशीन्दर शर्मा र श्रीकान्त मण्डलद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत जयनारायण मुखियाले गरेका थिए ।