• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनताले विचार गर्नुपर्यो सिंहदरबार जलाउनेलाई की बनाउनेलाई छान्ने :  प्याकुरेल

जनताले विचार गर्नुपर्यो सिंहदरबार जलाउनेलाई की बनाउनेलाई छान्ने :  प्याकुरेल
न्यूज टुडे
राजविराज,०१ माघ ।
नेकपा एमालेका नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमनराज प्याकुरेलले फागुन २१ गतेको निर्वाचन सिंहदरबार जलाउने र बनाउने वीचको टकराव भएको बताएका छन् ।  माघेसंक्रान्तीको अवसरमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ स्थित प्रशवनीमा बिहीवार आयोजित गेंडसिंह बाबा मन्दिर प्राङ्गणमा पुष्परोपण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
फुलको बिरुवा रोपेर पुष्पवृक्ष रोपण उद्घाटन गर्दै नेता प्याकुरेल । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याकुरेलले देश चरम संकटमा फँसेको भन्दै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । 
देशमा  वैदेशिक हस्तक्षेप बढेको भन्दै नेता प्याकुरेलले देश विकास र राष्ट्रिय हित नचाहनेहरुले देशमा विध्वंस मच्चाएको जिकिर गरे । 
‘देशमा विकासले गति लिइरहेको बेला मुलुकमा विकास र समृद्धि नचाहने देशी विदेशी शक्तिको आडमा सिंहदरबार र सर्वोच्च अदालतजस्ता प्रमुख प्रशासनिक भवनमा आगो लगाइयो’ उनले भने,’फागुन २१ गते को निर्वाचन सिंहदरबार र सर्वोच्च अदालत जलाउने वीचको टक्राव हो, जनताले विवेक प्रयोग गर्नुपर्यो सिंहदरबार जलाउनेलाई की बनाउनेलाई छ्न्ने हो ।,
उनले जेनजी आन्दोलनले देश २० बर्ष पछाडि ढकेलेकोले देश विकासका लागि एमालेका उम्मेदवारलाई विजयी गराउनुको विकल्प नरहेको बताए । 
संघीय लोकतान्त्रिक गणतन्त्रक व्यवस्थाले विकासको आधारभुत गति लिएको र यो प्रयाप्त भने नभएकोले यसलाई पूर्णता दिन बाँकी रहेको उल्लेख गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता प्याकुरेलले एकपटक मौका दिए सामाजिक, आर्थिक रुपमा मलाई भोट दिएर पछुतो मान्न नपर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
नेपाल सरदार बाँतर संघ नेपालका केन्द्रीय सदस्य एवम् मन्दिरका जगादाता रामलगन सरदारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, थाकसका पूर्व केन्द्रीय सदस्य एवम् पुष्पवृक्ष दाता उचित नारायण चौधरी, मावि प्रशवनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर प्रसाद सिंह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
नेपाल सरदार बाँतार संघका केन्द्रीय उप महासचिव रामलाल सरदारद्वारा संचालित कार्यक्रममा स्वागत अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका कार्यपालिका सदस्य कपिल सरदारले गरे । 
कार्यक्रममा नेपाल सरदार बाँतर संघका जिल्ला वरिष्ठ उपाध्यक्ष पम्फा कुमारी सरदार, सदस्य फुलोदेवी सरदार लगायतका स्थानीय एमाले नेताकार्यकर्ता तथा बाँतर सामुदायको उपस्थिति थियो ।