न्यूज टुडे
राजविराज,३० पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका करार सेवा तथा ज्यालादारीमा कामकाज गर्ने कर्मचारीलाई हटाइएको छ । नगरपालिकाद्वारा बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
कार्यबाहक नगरप्रमुख अनिता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झाद्वारा संयुक्त हस्ताक्षरित सूचनामा करार सेवा तथा ज्यालादारीमा कामकाज गर्ने कर्मचारीलाई हाजिर नहुन भनिएको छ ।
नगरपालिका अन्तर्गत अत्यावश्यक सेवा बाहेक सबै विषयगत शाखाहरु, वडा कार्यालयहरुमा करार सेवा तथा ज्यालादारीमा कामकाज गर्दै आइरहेका कर्मचारीको करार सेवा म्याद थप सम्बन्धमा अर्को निर्णय नहुन्जेलसम्म हाजिर नगर्नु नगराउन नगर कार्यपालिकाको २०८२/०९ /३० को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ जारी सूचनामा उल्लेख छ ।
नेपाल सरकारले करार सेवा तथा ज्यालादारीमा कामकाज गर्दै आएका कर्मचारीलाई हटाउन यसअघि नै परिपत्र गरिसकेका छन् ।