न्यूज टुडे
राजविराज,३० पुस ।
थारु समुदायको मौलिक साँस्कृतिक पर्व माघी पर्वको अवसरमा सप्तरीको सुरुङ्गा नगरपालिकाले माघ २ गते सार्वजनिक विदा दिएको छ । नगरप्रमुख गीता चौधरीले बुधबार एक पत्र जारी गर्दै सार्वजनिक विदा बारे जानकारी गराएको हो ।
कार्यपालिकाको निर्णय अनुसार माघी पर्वको अवसरमा माघ २ गते सार्वजनिक विदा दिएको नगरप्रमुख चौधरीद्वरा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
‘यस नगर कार्यपालिका कार्यालय मातहत सम्पुर्ण वडाहरु र स्वास्थ्य संस्था /कार्यालयहरु ( आकस्मिक सेवा बाहेक) नगरपालिका अन्तर्गतका सामुदायिक एवम् संस्थागत शैक्षिक संस्थाहरु समेत २०८२/१०/०२ गते शुक्रबारका दिन स्थानीय विदा दिएको सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।
नगरप्रमुखको जिम्मेवारी पूर्व चौधरी पहिचानवादी नेता तथा अभियानता थिइन् । उनी पहिचान, प्रतिनिधि र अधिकार प्राप्तिको संघर्षमा सक्रिय हुँदै सामाजिक न्याय र समतामूलक समाज निर्माणमा अग्रणी भुमिका खेल्दै आएकी छिन् ।
थारु, मगर र बाँतर समुदायले विशेष महत्त्वको साथ मनाउने माघे संक्रान्ती पर्व देशका अधिकाँश जातजातिले घरघरमा मनाउने परम्परा रहेको छ ।
माधेसंक्रान्तीको अवसरमा माघ १ गते राष्ट्रिय विदा समेत दिइएको छ ।