• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा गत शनिबार प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ ग¥यो । कदमाहा–गाईघाट सडकमा इलाका प्रहरी कार्यालय भेडियाबाट खटेको प्रहरी गस्टी टोलीले विभिन्न लागू औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
उक्त घटना त एउटा उदाहरण मात्र हुन सक्ला । सप्तरीमा प्रहरीले यस अघि पनि लागू औषध सहित अन्य कतिपयलाई पक्राउ गरेको भएपनि ओसार पसारको यो अबैध धन्दा बन्द भएको छैन भन्ने यो प्रमाण नै हुन सक्दछ । भारतीय सीमावर्ती क्षेत्र हुँदै नेपालतर्फ यस प्रकारका लागू औषध भित्र्याउने गिरोह सक्रिय रहेको समाचार पटक–पटक आईसकेको पनि हो । यस्तो धन्दामा संलग्नलाई पक्रेर प्रहरीले कारवाही पनि चलाउँदै आएको छ । तर पनि यो अबैध कार्य नियन्त्रण नभएका कारण यो एक चिन्ता र चुनौतीको विषय पनि हो । लागू औषधको कारोबारमा संलग्नमाथि प्रहरीले कारवाही चलाउँदा पनि नियन्त्रण नभएपछि यसका विरुद्ध थप सक्रिय हुनुपर्ने आवश्यकता छ । एकातिर लागू औषधका कारोबारी समातिनु तर अर्कोतर्फ अझै पनि यो धन्दा बन्द नहुनुले थप सक्रियताकै आवश्कयता बोध हुन स्वाभाविकै हो ।
लागू औषधको कुलतमा लागेकाहरुको भविष्य नै चौपट गर्ने देखि अपराधमा समेत वृद्धि हुने यस प्रकारको अबैध धन्दा हुन नपाओस् भन्नका लागि अझै प्रहरीको सक्रियता आवश्यक छ । यसका साथसाथै लागू औषधको कारोबार तथा सेवनका बिरुद्ध सामाजिक स्तरमा पनि चेतनामूलक कार्यक्रम ल्याउन सकियो भने अझै प्रभावकारी हुनेछ ।