• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उज्यालो नेपालका नेता डा. चौधरी सप्तरी २ बाट उम्मेदवार

उज्यालो नेपालका नेता डा. चौधरी सप्तरी २ बाट उम्मेदवार
 न्यूज टुडे
राजविराज,२९ पुस ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिक हुँदै जाँदा सप्तरीमा चुनावी सद्गगर्मी बढेको छ । एकपछि अर्का गरि उम्मेदवारी घोषणा गर्ने होड नै चलेका कारण चुनावी माहोल तातिएको हो । 
पछिल्लो समय उज्यालो नेपाल पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट डा. दिपक चौधरीले आफूलाई सम्भावित उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् ।  डा. चौधरी  कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् । 
राजविराज नगरपालिका १३  स्थित बिषहरिया निवासी डा. चौधरीलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी अगाडि बढाएको जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले बताए ।
डा. चौधरी ‘नेतृत्व र सुशासन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट  विद्यावारिधी गरेका अनुभवी नेताको रुपमा चिनिन्छ । उनको “नेपालको मधेसी समाज,रुपान्तरण,पूर्वी एसियाको आँखीझ्याल,तराइ मधेस अफ नेपाल’ लगायतका दर्जनौं दर्शन तथा कृतिहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रकाशित भएको छ । 
२० बर्षको प्रशासनिक तथा व्यवस्थापकीय  लामो अनुभव भएका डा. चौधरी तराई मधेसलाई नजिकबाट बुझेको विकासविद, लेखक, सामाजिक अभियानताको रुपमा चिनिन्छ । 
डा. चौधरीको उम्मेदवारीको चर्चा अहिले राजनीति बृतमा उच्च रहेको छ । दुई राष्ट्रिय पार्टीका प्रभावशाली उम्मेदवारको नाम सप्तरी २ बाट सिफारिस हुँदा नयाँ पार्टी र नेतृत्वको विषयमा चियापसलदेखि पान पसलसम्म चर्चा हुन थालेको छ । यसले सप्तरीको चुनावी माहोल उच्च बनेको छ । 
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको नाम उम्मेदवारको रुपमा पार्टीले सिफारिस गरिसकेको छ । 
निबर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे परेको छ भने यादव गुमेको शाख फर्काउने कसरतमा छन् । त्यस क्षेत्रका जनताले दोहोर्‍याएर प्रतिनिधि छनौट गर्न नरुचाउने इतिहासले पनि डा. चौधरीको उम्मेदवारीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजनीति तरंगीत बनेको छ ।