न्यूज टुडे
राजविराज,२८ पुस ।
सप्तरीमा वैदेशिक रोजगार कसुर सम्बन्धि मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । विष्णुपुर गाउँपालिका ३ का गजेन्द्र कुमार साह आइतबार पक्राउ परेका हुन् ।
कमल सिंह धामीको जाहेरी अनुसार वैदेशिक रोजगार न्याधिकरणबाट २०८२ भदौ २ गते पक्राउ अनुमति प्रदान भएपछि फरर साहलाई विष्णुपुर गाउँपालिका ३ मुसहर्नियाबाट आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग काठमाण्डौ मुद्दा तथा अनुसन्धान शाखामा सोमबार दाखिला गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।