न्यूज टुडे
राजविराज,२८ पुस ।
कदमाहा- गाईघाट सडकखण्ड अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका-४ मा शनिबार आइतबार लागूऔषधसहित २ जना पक्राउ परेका छन् । सुरुङ्गा नगरपालिका ७ बस्ने बर्ष २२ को पारसमणी चौधरी र सोही ठाउँका २० बर्षिय विनम चौधरी थारु पक्राउ परेको हो ।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटेका प्रहरी गस्ती टोलीले दक्षिणबाट कदमाहातर्फ आउदै गरेको स ४ प ७७२३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरु लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिनमले लगाएको हुडिको अगाडिको गोजीमा कालो रंगको प्लास्टिकको झोला भित्र लुकाई छिपाइ राखेको अवस्थामा डाइजापाम इन्जेक्सन १८ एम्पुल,फेरागन २ एमएल लेखिएको १७ एमपुल,ब्रुफेनोर्फृन २ एमएल लेखिएको १८ एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागूऔषधसहित भिभो स्कृन टच मोबाइल १ थान,कि-प्याड मोबाइल १ थान र मोटरसाइकल नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।
पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय करोडबोनाको हिरासतमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।