• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खोक्सरमा आगोले जलेर भुलन देवी ठाकुर घाइते

खोक्सरमा आगोले जलेर भुलन देवी ठाकुर घाइते
नर्मदेव यादव
रुपनी,२८ पुस । 
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ खोक्सरकी ६० वर्षीया भुलन देवी ठाकुर जलेर गम्भीर घाइते भएकी छन् । आफ्नै घरभित्र घुर बालेर आगो ताप्ने क्रममा आइतबार साँझ जलेर उनी घाइते भएकी हुन् । 
साडीमा अचानक आगो सल्कँदा ठाकुर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।  
आगोले उनको दुबै हात, दुबै खुट्टा, पेट तथा पछाडिको ढाड गरी करिब चालीस प्रतिशत शरीर जलेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए । 
जलेर गम्भीर घाइते ठाकुरको  विराटनगर स्थित टिचिङ अस्पताल उपचार भइरहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए ।