• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हलुवाई समाज खडक नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा जयनारायण

हलुवाई समाज खडक नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा जयनारायण
न्यूज टुडे
राजविराज,२७ पुस । 
हलुवाई समाज नेपाल खडक नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । सप्तरीको खडक नगरपालिका ५ स्थित खोजपुरमा शनिबार आयोजित एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो । 
नव गठित नगर कार्यसमितिका पदाधिकारी । फोटो : न्यूज टुडे
हलुवाई समाज नेपाल  खड्क नगरपालिका तदर्थ समितिका अध्यक्ष हरि साह हलुवाईको अध्यक्षता तथा हलुवाई समाज नेपालका केन्द्रिय अध्यक्ष सत्रुधन  प्रसाद साह हलुवाईको प्रमुख आतिथ्य एवम् खड्क नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो । 
 उद्घाटन समारोहलाई प्रमुख अतिथि केन्द्रिय अध्यक्ष साह, विशिष्ट अतिथि उपमेयर चौधरी,संस्थापक महासचिव महेश प्रसाद साह,  केन्द्रीय महासचिव शिवजी साह, केन्द्रीय सद्स्य रमिला  देवी साह, मधेस प्रदेश अध्यक्ष रामशंकर  साहले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी प्रदेश महासचिव बंशराज साह, सचिव लक्ष्मण साह, कोषाध्यक्ष राजाराम साह, सञ्चार प्रमुख चन्दन साह, सप्तरी जिल्ला अध्यक्ष चन्देश्वर साह, सचिव भगवानी साह सिरहा जिल्ला अध्यक्ष भरत साह, सचिव सुरेन्द्र साह लगायतले  शुभकामना मन्तव्य व्यक्त गरे । 
अधिबेशन उद्घाटन समारोहमा सुरुङ्गा, बोदे बर्साइन, खडक नगरपालिका, बलान बिहुल गाउँपालिकाका पदाधिकारी, हलुवाई स्वजाती मेन्जन र खड्क नगरपालिकाका हलुवाई समुदायको उल्लेख्य उपस्थित थियो । 
अधिबेशनबाट जय नारायण साहको अध्यक्षतामा १५ सदस्यीय  नगर कार्यसमिति गठन गरिएको हलुवाई समाज नेपाल केन्द्रीय सदस्य रमिला देवी साह हलुवाईले जानकारी दिइन् ।