सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुरमा रहेको त्रीयुगा बहुमुखी सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो ।
नगर प्रमुख ढकाललाई मायाको चिनो हस्तान्तरण गर्दै अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित सहिद रंगशालामा समपन्न बार्षिक साधारण सभामा संस्थाका लेखा समिती सन्योजक शम्भु प्रसाद फुयालले आर्थिक बर्ष २०८१/८२ को २१ करोड ८४ लाख ५५ लाख ५ सय २५ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका गरे ।व्यवस्थापक दिपक कार्कीले ब्यबस्थापकीय प्रतिबेदन प्रस्तुत गरेका थिए भने सस्थाका अध्यक्ष चौधरीले सस्थाको बार्षिक कारोबारको चित्रण प्रस्तुत गरे ।
आर्थिक बर्ष २०८१/८२ सम्म आई पुग्दा संस्थाको कुल पुजि ८८ करोड १३ लाख ७९ हजार ६ सय ७४ रुपैया रहेको जनाउदै अध्यक्ष चौधरीले यस बर्ष १ करोड ३१ लाख ९८ हजार ८ सय ७३ रुपैया बराबर मुनाफा गर्न संस्था सफल भएको र आगामी बर्ष फाइदाबाट सेयर सदस्यलाई लाभान्स बितरण गरिने बताए । संस्थाले आगामी बर्षको व्यवसायीक कारोबार बजेट रु १५ करोड ३५ लाख १४ हजार रुपैया बराबरको लक्ष्य लिएको भावी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढकालले संस्थाले शेयर सदस्यलाई पुर्याएको सुबिधा प्रति खुशी ब्यक्त गर्दै सप्तकोसी नगरभित्र रहेका सहकारी सस्थाहरुसंग छलफल गरि आगामी दिनमा नगर भित्रका कृषि तथा पशुपालक कृषकको हितमा कार्यक्रम सन्चालान गरिने बताए।
सप्तकोसी नगरपालिकाका निबर्तमान नगरप्रमुख उत्तम गौतम , सहकारी बिकास बोर्डका पुर्व सदस्य शम्भु बहादुर खडका ,सप्तकोसी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोसाइ चौधरी ,फत्तेपुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष पारस दाहाल,शेयर सदस्य सन्जीब कटवाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाले गत आबको समयमा निधन भएका आफ्ना शेयर सदस्य हरुलाई सामाजिक उत्तरदायित्व अन्तरगत कालगतीमा मृत्यु भएका शेयर सदस्यलाई जनही १५ हजार र दुर्घटनामा परि मृत्यु भएका शेयर सदस्यका परिवारलाई जनही २५ हजार रुपैया प्रदान गर्दै आइरहेकोमा गत बर्ष ३० जनालाई उक्त सेवा प्रदान गरेको बताइएको छ।
कार्यक्रममा नियमित किस्ता बुझाउने ३ जना ॠणी हरुलाई १ प्रतिशत ब्याजमा छुट दिएको छ भने उत्कृष्ट बचत कर्ता दिपेन्द्र कार्की,उत्कृष्ट दुग्ध उत्पादक कृषक फेकुलाल चौधरी ,उत्कृष्ट कर्मचारी सृजना चौधरीलाई सम्मान गरिएको संस्थाका सहायक ब्यब्स्थापक कर्ण भट्टराईले बताए।
२०२९ सालमा २५ जनाको समूहबाट सन्चालनमा सुरुवात गरिएको संस्थालाई २०३३ सालमा सहकारी बिभागमा दर्ताग री त्रीयुगा सहकारी सस्थाको नाममा सान्चालान गर्दै आएको सहकारीमा हाल ४ हजार ५सय ७० जना शेयर सदस्य रहेका छन ।
सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गर्दै आएको संस्थाले हाल ॠण तथा बचतका अलवा कृषि तथा पशुमा किसानलाई सहुलियत दरमा कर्जा,साइलेज उत्पादन, दूध जन्य परिकारको बिक्री बितरण ,डिपार्टमेन्ट सन्चालन ,कृषिमा आधुनिकिकरण गरि उत्पादनमा वृद्धि ,पशु बिमाका कार्यक्रम ,एम्बुलेन्स सेवा लागायतमा शेयर सदस्यलाई सेबा प्रदान गर्दै आइरहेको छ।