न्यूज टुडे
राजविराज, २६ पुस ।
पुर्व मन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो स्थित आफ्नै निवासमा शनिबार विहान ११ बजे ८५ बर्षको उमेरमा उनको निधन भएको हो ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् थारु मुक्ति मोर्चाका अध्यक्ष उर्जा तथा पूर्व जलश्रोत सिंचाइ राज्यमन्त्री चौधरीको विहान ११ बजे अचानक निधन भएको पार्टीका केन्द्रीय उपमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए ।
चौधरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र ३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनबाट उम्मेदवार रही प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
चौधरी केपी ओली नेतृत्वको सरकारमा उर्जा, जलश्रोत तथा सिंचाइ राज्य मन्त्रीको जिम्मेवारीमा थिए । पूर्वमन्त्री चौधरीको श्रीमती, २ छोरा र १ छोरी छन् ।
उनको आइतबार अन्त्यष्टी गरिने परिवारजनले बताएका छन् ।