• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धरमपुरमा भेटिएका शिशुलाई उपचारका लागि धरान पठाइयो 

धरमपुरमा भेटिएका शिशुलाई उपचारका लागि धरान पठाइयो 
उत्तम आचार्य 
कन्चनरुप , २६ पुस ।
 सप्तरीको कञ्चनरूप नगरपालिका १२ धरमपुरमा शुक्रबार  बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुलाई उपचारका लागि धरान पठाइएको छ।  साँझ करिब ७ः३० बजेको  समयमा फेला परेको शिशुलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित वी।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको हो । 
एकदुई दिनकी नवजात बालिका रोइरहेको अवस्थामा भेटिएकी थिइन् । स्थानीय  मोहन खड्काको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको शौचालयको दाहिनेपट्टि कपडामा बेरेर छाडिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ।  
शिशुको सालनाल काटिएको, डाइपर लगाइएको र सामान्य कपडामा बेरेर राखिएको अवस्था देखिएपछि स्थानीयले तत्काल उद्धार गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
उद्धारपछि शिशुलाई उपचारका लागि स्थानिय धर्मेश्वर अस्पतालमा लगिएको थियो। तर स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि धरानस्थित वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको डिएसपी काफ्लेले बताए ।
नवजात शिशुको चिकित्सकको निगरानीमा उपचार भइ रहेको तथा शिशुलाई कसले र किन बेवारिसे अवस्थामा छाड्यो भन्ने विषयमा  अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।