पार्टी भोजभत्तेर तथा अन्य विशेष कार्यक्रम गरि भड्किलो तरीकाले जन्म दिन मनाउने परम्परालाई परिमार्जन गर्दै सप्तरीका एक युवतीले क्यान्सर पीडितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छन् । क्यान्सर पीडित राहुल मगरलाई रु ८ हजार सहयोग गर्दै सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका २ की फुलमाया तामाङले आफ्नो जन्म दिन मनाएकी हुन् ।
क्यान्सर पीडित राहुल घले मगर । फोटो : न्यूज टुडे
जन्म दिनमा हुने फजुल खर्च क्यान्सर पीडितलाई सहयोग गरि जन्म दिन मनाएको फुलमायाले बताइन् । क्यान्सर पीडित भाइको उपचारमा सानो सहयोग पुगोस् भनी थोरै सहयोग गरेको ऊनी बताउँछिन् ।
फुलमायाले पिडामा परेका व्यक्तिलाई सहयोग गरि जन्म दिन मनाएको भन्दै सर्वत्र प्रशंसा भएको छ ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले आफ्नो मौलिक संस्कृति ओझेलमा पर्ने गरि मनाइने जन्म दिनमा पिडामा परेकालाई सहयोग गरि मनाएको भन्दै खुशी व्यक्त गरे । समाजमा उदाहरणीय कार्य गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले सबैले यस्ता कार्यबाट प्रेरणा लिनुपर्ने बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले राहुल मगर बचाउ अभियानमा सहयोग गरि जन्म दिन मनाएको भन्दै यसले समाजमा सकारात्मक संदेश जाने विश्वास व्यक्त गरे । उनले पिडामा परेकालाई गरिने सानो सहयोग महत्त्वपूर्ण र अमुल्य हुने बताए ।
सप्तरीको रुपनी गाउँपालिका ६ का २३ बर्षिय मगर अण्डकोषमा क्यान्सर भएपछि भक्तपुर क्यान्सर अस्पतालमा अपरेसन गरि उपचारमा छन् ।
क्यान्सर पीडित मगरको आर्थिक अभावले उपचारमा समस्या भएपछि न्यूज टुडे दैनिकले क्यान्सर पीडित राहुल मगर बचाउ अभियान संचालन गरि सहयोगको अपिल गरेका थिए ।
अभियानको क्रममा देश विदेशबाट हालसम्म ५ लाख बराबर सहयोग संकलन भएको पीडित राहुल मगरले जानकारी दिए ।