• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल प्रवेश गरेका पूर्वमन्त्री यादवलाई टोलटोलमा स्वागत

जसपा नेपाल प्रवेश गरेका पूर्वमन्त्री यादवलाई टोलटोलमा स्वागत
न्यूज टुडे
राजविराज,२५ पुस । 
नेपाली कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपाल प्रवेश गरेका पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवलाई आफ्ना गृह जिल्लामा टोलटोलमा स्वागत गरिएको छ । लामो समय कम्युनिस्ट आन्दोलनमा सक्रिय नेता यादव २०८२ पुस २२ गते काठमाडौमा जसपा नेपालमा प्रवेश गरि बिहिवार गृह जिल्ला आएपछि टोलटोलमा जनता उत्साहित हुँदै नेता यादवलाई स्वागत गरेका हुन् । 
चुनावी भेटघाटमा सक्रिय नेता यादव । फोटो : न्यूज टुडे
प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत सिफारिस भएका नेता यादव राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । पार्टी भित्र अपमान सहनु भन्दा विद्रोह गरी नयाँ राजनीतिक यात्रा सुरु गरेकोमा खुशी हुँदै स्थानीयले पूर्ण समर्थन, साथ र सहयोग गर्ने विश्वास दिलाएका छन् । 
यादवका शुभचिन्तकहरु नेपाली कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गर्ने होडबाजी चल्न थालेको छ । यतिमात्र होइन पुराना तथा नयाँ भनाउँदा दलका नेताकार्यकर्ता तथा युवाहरु पूर्वमन्त्री यादवसंग पार्टीमा आउने यतिबेला लहर नै चलेको छ । 
तिलाठीकोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाको टोलटोलबाट शुक्रबार  विभिन्न पार्टी परित्याग गरि  दर्जनौंको संख्यामा नेताकार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको नेता यादवले जानकारी दिए । 
पूर्वमन्त्री यादवले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारीका साथ राजनीतिक भेटघाटलाई बाक्लो बनाएका छन् । 
नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नम्बर २ बाट नाम सिफारिस गरेका उनको नाम जसपा नेपालले  क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ ।  पूर्वमन्त्री यादवले आफ्नो कार्यकालमा जिल्लाको समग्र विकासमा ठूलो योगदान गरेको स्थानीय बताउछन् ।