• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मिहल्फाद्वारा स्वर्गीय महेन्द्र मरिकको परिवारलाई सहयोग

धर्मिहल्फाद्वारा स्वर्गीय महेन्द्र मरिकको परिवारलाई सहयोग
रामनाथ यादव
राजविराज,२५ पुस ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर–६  काे .मधेपुराका स्वर्गीय महेन्द्र मरिकका परिवारलाई सहयोग गरेको छ । २५ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा क्लबद्वारा  शुक्रबार स्वर्गीय मरिककी श्रीमती ललिता मरिकलाई न्यानो लुगा कपडा  सहयोग  गरेको हो ।
 क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले घरमै पुगेर  ४ जनालाई  फाइव्रार सिरक एक थान,म्याट्रेस , थाल ३, गिलास ३,स्वीटर, टाउजर,कुर्ता सुरुवल, पेन्ट लगायतका न्यानो कपडा पिडित परिवारलाई हस्तान्तरण गरे । 
 सुकुम्बासी भएर जीवन गुजारा काट्दै आएका उनको पुस महिनाकाे चिसो खेप्न नसकेर वुधवार राति ५३ बर्षको उमेरमा मृत्यु भएको थियो । 
गाउँ भरी पैसा , दाउरा मागेर दाहसंस्कार गरिएको  समाचार न्यूज टुडे दैनिक अनलाइन र पत्रीकामा प्रकाशित भएपछि डोम परिवारलाई सानो सहयोग गरेको इन्जिनियर यादवले बताए ।  सशस्त्र प्रहरीको स्थापना दिवसको  अवसर पारेर  जाडाे माैसमकाे शीतलहरवाट वच्न क्रियामा वसेका जेष्ठ पुत्र देवेन र मरिक परिवारलाई  न्यानो कपडा वितरण गरेको उनले जानकारी दिए । 
पुसकाे जाडो मौसममा शीतलहरकाे कहरवाट बच्न न्यूज टुडेकर्मी स्थानीय पत्रकार रामनाथ यादवसंगै गएर स्वर्गीय मरिक परिवारलाई न्यानो कपडा सहयाेग गरिएकाे उनले बताए ।