• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापकको विदाई तथा पदस्थापना 

उमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापकको विदाई तथा पदस्थापना 
न्यूज टुडे
राजविराज, २४ पुस ।
उमेश्वर आधारभूत विद्यालयमा बिहीबार अवकाश प्राप्त प्रधानाध्यापक गंगा प्रसाद खंगलाई विदाई तथा नयाँ प्रधानाध्यापक अमरेन्द्र ठाकुरलाई पदस्थापना गरिएको छ ।  निमित्त प्रधानाध्यापक ठाकुरको अध्यक्षतामा तथा  तिलाठी कोइलाडी गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रभूषण रायको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच उनीहरुलाई विदाइ तथा पदास्थापना गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा शाखा प्रमुख रायले पालिकाबाट प्रदान गरिने सेवा–सुविधा समयमै उपलब्ध गराइने विश्वास व्यक्त गरे ।  तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कमल कुमार मण्डलले   विद्यालयलाई वडा कार्यालयबाट हुने सम्पूर्ण सहयोग निरन्तर रहने प्रतिबद्धता  व्यक्त  गरे ।
पूर्व प्रधानाध्यापक  प्रदीप कुमार मण्डलले विदाई भएका प्रधानाध्यापक खंगले आफ्नो कार्यकालमा दिएको सहयोगको स्मरण गर्दै विद्यालयलाई प्राथमिक तहबाट आधारभूत तहसम्म स्तरोन्नति गर्न सफल भएको बताए।
उनले नयाँ प्रधानाध्यापक ठाकुरलाई आपसी समन्वय र सहकार्यका साथ विद्यालयलाई अगाडि बढाउन सुझाव दिँदै सफल कार्यकालको शुभकामना दिए । 
कार्यक्रममा वडा महिला सदस्य सीतादेवी खंग, वडा सदस्य सुगेन्द्र मण्डल, रामसेवक मण्डल, पूर्व वडा अध्यक्ष खगेन्द्र मण्डल, पूर्व प्रधानाध्यापक प्रदीप कुमार मण्डल, एनएमवी बैंकका म्यानेजर सुरेश कुमार साह, रामनारायण मण्डल, रामेश्वर मण्डलसहित स्थानीय समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको  उपस्थिति थियो ।