• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आगामी निर्वाचनका लागि सप्तरीमा तीन दलीय कार्यदल गठन

आगामी निर्वाचनका लागि सप्तरीमा तीन दलीय कार्यदल गठन
न्यूज टुडे
राजविराज,२४ पुस । 
आगामी फागुन २१ गते हुने संघीय संसद निर्वाचनका लागि सप्तरीमा तीन दलीय संयुक्त कार्यदल गठन गरिएको छ ।राष्ट्रिय मुक्ति पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीको राजविराजमा बिहिवार सम्पन्न संयुक्त बैठकबाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा सात सदस्यीय संयुक्त कार्यदल गठन गरिएको हो । 
कार्यदलका सदस्यहरुमा जनता समाजवादी पार्टी  सप्तरीका अध्यक्ष सत्यनारायण यादव,नागरिक उन्मुक्ति पार्टी नेपाल सप्तरीका अध्यक्ष वृजेन्द्र चौधरी, जसपाका युवा नेता संतोष मण्डल,नाउपानेका जिल्ला सचिब विरेन्द्र यादव, नेता रमाकान्त चौधरी र रामुपाकी नेतृ रिशु चौधरी सदस्य रहेका छन् । 
 राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले पहिचान, प्रतिनिधित्व र पहुँचको राजनीतिसंगै स्वादेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको स्थापनाको लागि चुनावलाई संघर्षको कडीको रुपमा अगाडि बढ्न कार्यदल गठन गरिएको बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुको साथै जिल्लाको शिक्षा, स्वास्थ्यमा सुधार तथा सप्तरी जिल्लाको बृहत्तर विकास लागि सामाजिक आन्दोलनका कार्यक्रमहरु संयुक्त रुपमा अगाडि बढाउने कार्यदलले संकल्प गरेका छन् । 
बैठकपछि निर्णय सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रिय मुक्ति पार्टी  नेपालका अध्यक्ष दीपेन्द्र कुमार आचार्य, नागरिक उन्मुक्ति पार्टी नेपालका बृजेन्द्र चौधरी, जनता समाजवादी पार्टीका अध्यक्ष सत्यनारायण यादवले संयुक्त हस्ताक्षर गरेका छन् ।