न्यूज टुडे
राजविराज, २४ पुस ।
राजविराज उच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरेराम यादवले दुनियाँको सबैभन्दा जटिल पेशा वकालत भएका छन् । नेपाल कानून व्यावसायी परिषद लयर्स एकेडेमी समितिद्वारा राजविराजमा बिहीबार आयोजित फौजदारी कानून विषयको एक हप्ते आधारभूत तालिम समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यो जटिल र मर्यादित पेशा भएकोले कानून व्यावसायीहरूले यो पेशा इमानदारिताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए । यो पेशामा मेहनत,आम्दानी र जोखिम बढी भएपनि इमानदारीका साथ कानून व्यावसायीहरू यो लाग्न सक्यो भने हरेक दृष्टिकोणबाट सफल हुने उनले बताए ।
एक हप्ते तालिममा सजाय निर्धारणको सिद्धान्त,वहस कला कानून व्यवसायी मार्फत प्रतिरक्षा गर्न पाउने अधिकार,सूचनाको हक र अनुसन्धानकै क्रममा नक्कल प्राप्त गर्ने सम्बन्धि,अपराध कसुरका तत्वहरू र प्रतिरोधात्मक सिद्धान्त,निर्दोषिताको अनुमान र प्रमाणको भार,डिजिटल प्रमाण,डिजिटल विधि बिज्ञान,साइबरक्राईम,अन्तरकालिन आदेश( रिट र सामान्य सिद्धान्त) अपूर्ण अपराध र प्रतीक,मनि लण्डरिग बितिय अपराधर,श्वेत कलर अपराध ,संगठित अपराध मानव ओसार र पसार,स्वच्छ सुनुवाइ र सिघ्र सुनुवाइ,गोपनियताको अधिकार र खान तलासी,म्याद थप सुनुवाइसँग सम्बन्धि थुनछेक बहससँग सम्बन्धि,अपराधका पक्षहरू र ज्यान सम्बन्धि कसुर,जिरह लक्ष्य कानुनी व्यवस्था तथा व्यवहारिक स्वार्थ द्वन्द्व लगायतको बिषयमा प्रशिक्षण दिईएको थियोे ।
प्रशिक्षण कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा बिजय मिश्र, उपाध्यक्ष अजय शंकर झा, उच्च अदालत जनकपुर इजलासका न्यायाधीश राम बहादुर थापा,श्री प्रसाद उप्रेती,पुन्य शिला दवाडी घिमिरे,अचुतम आचार्य, सप्तरी जिल्ला अदालतका न्यायाधीश अचुतम आचार्य,जिल्ला न्यायाधीश नरेश्वर भण्डारी,डा.श्री प्रकाश उप्रेती,डा देब नारायण बोहरा,अधिवक्ता विपिन कुमार झा,प्रहरी निरिक्षक उमेश चौधरी,देब बहादुर बोहरा,शम्भु गौतम, संजिव मल्लिक,बरिष्ठ अधिवक्ता,भानुभक्त निरौला,देव नारायण यादव डिल्ली बहादुर कार्की लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल बार एशोरिएनका केन्द्रीय उपाध्यक्ष अजय शंकर झा,अधिवक्ताहरू भोगेन्द्र यादव नवीन कुमार यादव,निलम यादव,अखिलेश झा लगायतले आआफ्नो धारणा राखे ।
राजविराज उच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन अधिवक्ता सतिश दत्तले गरे ।
एक हप्ते तालिममा सप्तरी,सिराहाका ४० जना अधिवक्ताहरू सहभागिता रहेको थियो ।