• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ठण्डीमा महेन्द्र मरिककाे मृत्यु , दाह संस्कारका लागि चन्दा संकलन

ठण्डीमा महेन्द्र मरिककाे मृत्यु , दाह संस्कारका लागि चन्दा संकलन
रामनाथ यादव
राजविराज , २३ पुस ।  
पुस महिनाकाे लगातार शीतलहरको समयमा महेन्द्र मरिक डाेमको मृत्यु भएको छ । टिनको छाप्राेमा चिसो छ्ल्न नसकेपछि  मृत्यु भएका डाेम परिवारले दाह संस्कारका लागि गाउँमा चन्दा र दाउरा जुटाउन पर्दा  झनै पिरोलिरहेका छन् ।
सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर ६ स्थित काे.मधेपुराका महेन्द्र मरिककाे चिसाेले मंगलबार ५३ वर्षको उमेरमा राति ७ वजे मृत्यु भएकाे परिवारले जनाएको छ । 
मरिककाे दाह संस्कारकाे  खर्च जुटाउन नसक्दा उनको परिवार गाउँमा चन्दा संकलन गर्न बाध्य भएका छन् ।
पाेखरी डिलकाे  ऐलानी जग्गामा  टिनको टहरामा बस्दै आएका मरिक परिवार शीतलहर र गरिबीका कारण दाह संस्कार गर्न चन्दा संकलन गर्न बाध्य भएको स्थानीयले बताएका छन् । 
मरिककाे दाह संस्कार गर्न गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले कात्रो लगाउत विभिन्न सामग्री खरिद गर्न रु ५ हजार रुपैया सहयाेग गरेकाे स्थानीय वडा सदस्य रामविलास मण्डलले जानकारी दिए ।
यसैगरी वडा नम्बर ६ का अध्यक्ष राेशन सिंहले नगद एक हजार सहयोग गरे । 
 मृतक मरिककाे दुई श्रीमती मध्ये जेठीकाे मृत्यु भएकाे र कान्छी श्रीमती ललिता मरिककाे तीन छाेरा तीन छाेरी छन् । 
दाह संस्कार र  क्रियाकर्म गर्न पैसा माग्नु वाहेककाे विकल्प नरहेको ४६ वर्षीया उनकी श्रीमती ललिता मरिकले वताइन । मरिक परिवार पाेखरी ऐलानी जग्गामा बनाएको टिनको टहरामा बसोबास गरिरहेका छन् ।
श्रीमान्–श्रीमती मिलेर बनिबुतो, मजदुरी गरेर तीन जना छोरा तीन छाेरीलाई हुर्काउँदा एक रुपैयाँ पनि जोगाउन नसकेको ललिताले सुनाइन् । ‘श्रीमानकाे मृत्युपछि नवालक तीन छाेराछोरीकाे लालनपालन र अहिले छाक टार्न समस्या  भएकाे उनले दु:खेसाे सुनाइन् ।