• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री मनिषकुमार सुमनले राजविराज बसपार्क सञ्चालनमा आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
जनता समाजवादी पार्टी नेपाल राजविराज नगर समितिले गत सोमबार आयोजना गरेको स्वागत तथा अभिनन्दन ग्रहणका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । करोडौं लागतमा लामो समयको प्रतीक्षा पछि राजविराजमा बसपार्क निर्माणको कामले मूर्तरुप लिएको छ । गत जेठ १५ गते भव्य समारोहको आयोजना गर्दै बसपार्क उद्घाटन पनि गरियो । तथापि अहिलेसम्म त्यसको सञ्चालन हुन नसकेका कारण यति महत्वपूर्ण भौतिक संरचना प्रयोगबिहीन अवस्थामा सुनसान बनेको छ । एकातिर नगरको मेनरोडलाई सवारी साधनको पार्किङ्ग स्थल बनाएर अस्तव्यस्त तुल्याईएको छ भने अर्को तर्फ बसपार्क चाहीँ सञ्चालनमा नआएर सुनसान बनेको छ । बसपार्क सञ्चालनको म्याद माथि म्याद थप्दै जाने तर काम नगर्नाले यस्तो अवस्था उत्पन्न भएको भनी नगरवासीहरु बताउन थालेका छन् । निर्माण भई तयारी अवस्थामा रहेको संरचनालाई पनि सञ्चालन गर्न नसक्ने नगरपालिकाले नगरको विकासका काम कसरी अघि बढाउला? उनीहरुले यस्तो प्रश्न समेत उठाउन थालेका छन् । बसपार्क सञ्चालनमा नल्याइँदा अनेक प्रकारमा समस्या बढ्दो छन् । 
तसर्थ यसलाई तुरुन्त सञ्चालन ल्याउनका लागि नगरपालिकाले नै सक्रियता बढाउनु पर्ने आवश्यकता छ ।