• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आदर्शका जेहेन्दार कर्मचारी कोइरालासहित ११ जना सम्मानित

आदर्शका जेहेन्दार कर्मचारी कोइरालासहित ११ जना सम्मानित
रामनाथ चौधरी
महुली, २३ पुस । 
आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड महुलीका कर्मचारी शिवजी कोइरालासहित विभिन्न विधामा उत्कृष्ट ११ जना व्यक्तित्व सम्मानित भएका छन् ।सहकारी संस्थाको २० औं बार्षिक साधारणसभाको अवसरमा संतोषी पार्टी प्यालेस मोहनपुरमा बुधबार आयोजित एक समारोहका वीच संस्थाद्वारा उनीहरु सम्मानित भएका हुन् । 
सम्मानित हुनेहरूमा यस बर्षका जेहेन्दार र प्रतिभाशाली कर्मचारी घोषित भएका कोइराला, उत्कृष्ट बचत निक्ष्रेप कर्ता अर्जुन थापा,दुग्ध व्यापारका सक्रिय कारोबारी लक्ष्मी गणेश चिया पसल महुलीकी संचालक लक्ष्मी खड्का, बढी दूध उत्पादक अर्जुन सापकोटा,अम्बिका प्रसाद कोइराला,ज्ञान प्रसाद पौडेल पुरस्कृत भएका छन् ।
यसैगरी सक्रिय ॠणी र चुक्ता गर्नेमा मिना श्रेष्ठ,दिर्घ बहादुर राई, गोठ दूध र भाँडा सरसफाइमा मनोज आचार्य,तिर्था भट्टराई, अम्बरराज कोइराला रहेका छन् । 
संस्थाका अध्यक्ष दिपेन्द्र कुमार आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य,वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादव, संस्थाका प्रमुख संरक्षक एवम् संस्थापक अध्यक्ष भुवन आचार्यले उनीहरुलाई सम्मानपत्रसहित माला तथा दोसल्ला ओढाएर सम्मान गरे । 
संस्थाका सदस्य सचिब एवम व्यवस्थापक बोधराज सुवेदीद्वारा संचालित कार्यक्रममा स्वागत संचालक समिति सदस्य डम्बर बस्नेतले गरे ।