• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गणिनाथ गोविन्द सेवा समितिद्वारा मन्त्री सुमनलाई सम्मान तथा अभिनन्दन

गणिनाथ गोविन्द सेवा समितिद्वारा मन्त्री सुमनलाई सम्मान तथा अभिनन्दन
शिवनारायण साह ( सुरज)
राजविराज,२२ पुस । 
गणिनाथ गोविन्द सेवा समितिद्वारा मधेस प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई सम्मान तथा अभिनन्दन  गरेको छ ।  राजविराज ६ स्थित मन्दिर प्राङ्गणमा मंगलबार आयोजित एक समारोहका वीच मन्त्री सुमनलाई सम्मान तथा अभिनन्दन गरिएको हो । 
गणिनाथ सेवा समितिका अध्यक्ष शिव प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्री सुमनलाई पुष्पगुच्छा र गम्छा ओढाएर सम्मान तथा अभिनन्दन गरिएको थिए । 
कार्यक्रममा प्रमुख अतिथि मन्त्री सुमन, हलुवाई समाज नेपालका केन्द्रीय अध्यक्ष शत्रुधन प्रसाद साह गणिनाथ गोविन्द सेवा समितिका संरक्षक अनिल झा, जसपा नेपालकी केन्द्रीय सदस्य पुनम यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
मन्त्री सुमनले मन्दिरको पूर्वाधार विकासमा अविस्मरणीय सहयोग गरेको स्मरण गर्दै उच्च सम्मानको साथ अभिनन्दन गरिएको मन्दिरका अध्यक्ष शिवप्रसाद साहले बताए । 
हनुवाइ समाज नेपालका केन्द्रीय संस्थापक महासचिव महेश प्रसाद साहद्वारा संचालित कार्यक्रममा स्वागत समाजकी केन्द्रीय सदस्य रमिला देवी साहले गरिन ।