न्यूज टुडे
राजविराज,२१ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा २ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त परिणामको किराना सामान प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको हो ।
राजविराज-सखडा सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका ६ मा चेकजाँच गर्ने क्रममा भारत बाट चोरी निकासी गरि चोरी पैठारी गरि स १ त ८५८२ नम्बरको मोटरसाइकल र बिआर ३२ के ३५३ नम्बरको भारतीय मोटरसाइकलमा बोरामा बोकी ल्याएको अवस्थामा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल छाडी चालक भागेपछी बोरा खोलेर हेर्दा विभिन्न किराना सामान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेको सामान तथा मोटरसाइकल सोमबार भन्सार कार्यालयमा बुझाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।