हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरीयामा शनिबार साँझ गोरखापत्र सप्तरी प्रतिनिधि विनयलाल कर्णलाई कारले ठक्कर दिँदा घाइते भएका छन् । काम सकेर घरतर्फ जाँने क्रममा रातिको ८ बजे नम्बर नखुलेको सेतो रंगको कारले ठक्कर दिंदा पत्रकार कर्ण घाइते भएका हुन् ।
राजविराजबाट प्र-२-०१-००३प ४४०३ नम्बरको आफ्नै मोटरसाइकलबाट घरजाँदै गरेको पत्रकार कर्णलाई सोही दिशा तर्फ आउंदै गरेको तीब्र गतिमा रहेको कारले ठक्कर दिंदा घाइते भएका थिए । दाहिने हात, ढाड, तथा शरीरको विभिन्न भागमा चोटपटक लागेको उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरि घर लगिएपनि थप असहज भएपछि आइतबार उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले जानकारी दिए ।
घाइते पत्रकार कर्णको अवस्था सामान्य रहेको तथा ठक्कर दिने कार तत्काल फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइते पत्रकार कर्णका अनुसार तीब्र गतिमा रहेको कारले रंग साइडमा आएर ठक्कर दिएको थियो ।
‘म राजविराजबाट हुलाकी मार्ग हुँदै आफ्नो घर आउँदै थिएँ ।’ उनले भने, ‘खुरहुरीया चौकमा राजविरज तर्फबाट पश्चिम जाँदै गरेको एउटा कारले म सबार मोटरसाकललाई पछाडीबाट गलत साईडमा आएर ठक्कर दियो ।’
कार चालक मादक पदार्थ सेवन गरि लठ्ठ भएको हुन सक्ने आशंका घाइते पत्रकार कर्णको छ ।
‘कार चालक पुरै मातेको थियो । उनलाई भाईजर, दायाँ-बायाँ साईड र हातले दिदै गरेको इसारा समेत नजर आएन । म रोडबाट उत्तर तर्फ तल बाटो काट्न करीब दुई मिटर जति बाँकी रहँदै त्यो कार दक्षिण तर्फको पुरै खाली बाटो छोडेर उत्तर तर्फ दाहिने साईडबाट ठक्कर दिएर भाग्यो ।’ उनले भने
घटना पछि तत्कालै सप्तरीका एसपीलाई फोन गरें, पत्रकार महासंघका अध्यक्षलाई फोन गरें, घटनास्थलमा प्रहरी र महासंघका अध्यक्षजी आउनु भएर सहयोग गरेको घाइते पत्रकार कर्ण जानकारी दिए ।
कारको ठक्करबाट मोटरसाईकल पुर्ण रुपमा क्षतिग्रस्त भएको स्थानीयले बताएका छन् ।