न्यूज टुडे
राजविराज,२० पुस ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका पूर्वमन्त्री उमेश कुमार यादवले आठ बुँदे प्रतिबद्धता व्यक्त गर्दै जनताले पुनः जिम्मेवारी दिने विश्वास व्यक्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस भएपछि सक्रिय देखिएका उनले आइतबार आफू उम्मेदवार सुनिश्चित हुनुभन्दा पहिले नै सामाजिक संजालमा धारणा सार्वजनिक गरी आठ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले जीत पछि टोल-टोलमा जनपरिषद गठन गरि आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाको समग्र विकासमा सक्रिय भुमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।
यदी सप्तरीको जनताले मलाई फागुन २१ को निर्वाचनमा अवसर दियो भने राजनीतिक रूपमा मैले आफ्नो निर्वाचन क्षेत्रको आम जनतालाई नीति ,निर्माण कार्यमा यसरी सहभागी गराउने छु।’ उनले भनेका छन्, ‘संसदबाट समाजवाद आउन सक्ने / नसक्ने कुरा जनताले प्रत्यक्ष आफैं महसुस गर्नेछ।’ उनले अगाडि थपेका छन्, ‘जनपरिषदको निर्णय अनुसार फिर्ता हुने प्रतिबद्धता गर्दछु । इतिहासको असली निर्माता जनता नै हुन ।’
निर्वाचन क्षेत्र भित्रका प्रत्येक घरधुरीका प्रत्येक नागरिकहरुलाई सहभागिता हुने गरि जनपरिषदहरु गठन गर्ने, जनपरिषदको नियमित बैठक बसाइने, जनपरिषदहरुले स्थानीय मुद्दा देखि राष्ट्रिय एबम अन्तर्राष्ट्रिय राजनीतिक ,आर्थिक ,पलायनता,बेरोजगारी ,विभेद,पर्यावरण ,कृषि लगायतका मुद्दामा छलफल गरेर निष्कर्षमा पुर्याइने छ ।जनपरिषदहरुले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई निगरानीमा राख्नेछ । साथै सुझाव ,सल्लाह र निर्देशन दिने उनको दाबी छ।
यसैगरी “जनपरिषद मार्फत आम जनता प्रत्यक्ष रूपमा राष्ट्रिय राजनीतिकको सवाल देखि नीति ,निर्माणको प्रक्रियामा सहभागिता जनाउने थितिको बिकास गरिनेछ,
जनप्रतिनिधि प्रति सङ्ग को जीवन्त सम्बन्ध ,जनताको निगरानीमा नियमित बस्ने तथा जनताको निर्देशनलाई नीति ,निर्माण गर्ने तहसम्म पुर्याउने कामले मनपरी तन्त्रलाई रोक्ने बिधिको शुरुवात गरिनेछ,निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिले बदमासी गर्न थालेपछि निर्वाचनमा देखाइ दिने भनेर पर्खिने जनताको प्रतीक्षालाई अन्त्य गरिनेछ,जनपरिषदहरुको निर्णयको पालनाले प्रतिनिधिसभामा जनताको धरातलीय यथार्थको विषय प्रवेश गराइनेछ ।” उनले आठ बुँदे प्रतिबद्धतामा उल्लेख गरेका छन् ।
उनले आफुलाई आलोचनात्मक सुझावसहित हौसला प्रदान गरि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्दै नयाँ अभ्यासमा साथ समर्थनका लागि अपिल समेत गरेका छन् ।
‘मलाई गाली गरेर कसैको कद ,पद बढछ र पेट चल्छ भने त्यसले त्यो काम गरुन् । म स्वस्थ आलोचनाको स्वागत गर्दछु ।” उनले भनेका छन्, ‘जनताको निगरानीमा बस्ने मेरो प्रतिबद्धता तथा नयाँ अभ्यासको लागि सप्तरीको जनतासंग विनम्र अपील गर्दछु ।’
‘यसमा नवयुवा ,युवा ,प्रौढ ,किसान ,मजदुर ,विद्यार्थी ,ब्यबसायी ,पेशागत सबै क्षेत्रका,सबै उमेर समुहका मानिसहरुको प्रत्यक्ष सहभागिताले जनप्रतिनिधि सबैको बन्नुपर्छ भन्ने ब्यबहारिक कार्यान्वयन हुन्छ र लोकतान्त्रिक प्रणालीलाई ,जनताको सर्वोच्चतालाई स्थापित गराउन महत्त्वपूर्ण कदम साबित हुने उनको विश्वास छ ।